राजनीति

काङ्ग्रेसले उतार्यो छ हजार ७४३ वडामा कार्यकर्ता, आज देशभर शक्ति प्रदर्शन

माघ ८, काठमाडौं । संसद बिघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदमका बिरुद्ध कांग्रेसले आज शक्ति प्रदर्शन गर्दै छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि चरणदद्ध आन्दोलनमा उत्रिएको प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज वडास्तरीय विरोध प्रदर्शन गर्ने भएको हो । कांग्रेसले आज छ हजार ७४३ वडामा कार्यकर्ता  उतार्दै छ ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा यही माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन सम्पन्न गरेको काँग्रेसले आज छ हजार ७४३ वडामा आयोजना गर्ने विरोध प्रदर्शन गर्न लागेको हो ।

बुधबार बिज्ञप्ति जारी गर्दै विरोध प्रदर्शनमा सहभागी हुन सभापति शेरबहादुर देउवाले सबैमा अपिल समेत व्यक्त गरिसकेका छन् । उनले वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन सबैमा अपिल गरेका हुन् ।

ओलीले संसद बिघटन गरेको बिरोधमा यतिबेला मुलुकमा नेपाली कांग्रेस, नेकपाको दाहाल-नेपाल समुह र जसपा लगाएतले बिरोध गरिरहेका छन् । भने संसद घिटनबिरुद्धको रिट निबेदनमा सर्बाेच्च अदालतमा सुनुवाई जारी छ ।