राजनीति

फेरि कोरोना संगसंगै ओली भाइरससंग लड्नु छः डा.भट्टराई

८ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले फेरि कोरोना संगसंगै ओली भाइरससंग लड्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यस्तो बताएका हुन् । यस्तै उनले मागेको धोतीले मेरो लाज छोपिन्न…’भन्ने गीत रेडियोमा सुनेको भन्दै ऐले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था रहेको भन्दै टिप्पणी गरेका छन् ।

भारत सरकारको अनुदानमा कोरोना खोप नेपाल आउन लागेको प्रति लक्षित गर्दै उनले त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने, बॉकीलाई कहिलेसम्म होला ? भन्दै प्रश्न गरेका छन् ।

उनले अरु औंषधिको लागी फेरी कता हात थाप्ने होला ? भन्ने प्रश्न गर्दै फेरि कोरोना संगसंगै ओली भाइरससंग लड्नुपर्ने बताएका छन् ।

उनको ट्वीटः ‘मागेको धोतीले मेरो लाज छोपिन्न..’भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो !ऐले कोरोना माहामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ । त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे ! बॉकीलाई कहिलेसम्म होलासकता हात थाप्ने होलारुफेरि कोरोना संगसंगै ओली भाइरससंग लड्नु छ !