राजनीति

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारवाही गर्न माग

६ माघ, काठमाडौं । नेपाली काँग्रेसले रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–९ का वडाध्यक्ष तारकबहादुर शाहीसहित पाँच जनामाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषीलाई कारवाहीको माग गरेको छ ।
मङ्गलबार इलाका प्रहरी कार्यालयमा छलफल भइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट वडा नं ८ का वडाध्यक्ष मानबहादुर चदारा, वडा नं ३ का वडाध्यक्ष केशरमान विकसहितको समूहले सुरक्षाकर्मीको अगाडि नै वडाध्यक्ष शाही लगायतलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको काँग्रेसले जनाएको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत घटनाको निन्दा र भत्र्सना गर्दै घटनामा संलग्न आक्रमणकारीलाई तत्काल कारवाही गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।
भविष्यमा यस्ता घटना पुनःनदोहो¥याउन नेकपालाई काँग्रेसले चेतावनी दिँदै जिम्मेवार राजनीतिक दलका रुपमा प्रस्तुत हुनसमेत आग्रह गरेको छ । उक्त घटनामा वडाध्यक्ष शाही, तेजविक्रम आरसी र दीपक केसी गम्भीर घाइते हुनुभएकाले उहाँहरुको नेपालगञ्जमा र दुई जनाको नगर अस्पतालमा उपचार भइरहेको मुख्यसचिव पौडेलले जानकारी दिए ।