पु.समाचार

बजाज अटो विश्वको सर्वाधिक मूल्यवान दुई–पाङ्ग्रे सवारी कम्पनी

७ माघ, काठमाडौं । बजाज अटो लिमिटेड बजार पूंजीकरण १.६लाख करोड नाघनेविश्वव्यापी रुपमा पहिलो दुइ–पाङ्ग्रे कम्पनी बनेको छ । बजाज अटो लिमिटेडको शेयर मूल्य आज एनएसईमा प्रति शेयर ५ हजार ५ सय ६६.४ रुपैयाँ पुगेर बजार पूंजीकरण १६१०७३.२१६ करोडमा समेटिएको थियो । बजाज अटोले संचालनको ७५औंवर्षमा यो ऐतिहासिक माइलस्टोन स्थापनाका गरेको छ ।
विश्लेषकहरूका अनुसार यो भन्दा अगाडि विश्वमा कुनै पनि अन्तर्राष्ट्रिय दुइ–पाङ्ग्रे सवारी कम्पनीले १.६लाख करोडभन्दा बढीको बजार पुँजीकरण हासिलगर्न सकेको छैनन्। यसप्रकार, बजाज अटो दुइ–पाङ्ग्रे सवारी श्रेणीमा सबैभन्दा मूल्यवान कम्पनी मात्र होइन, १.६ लाख करोडभन्दा बढीको बजार पुँजीकरण पु¥याउने विश्वमै पहिलो दुइ–पाङ्ग्रे कम्पनी पनि हो ।
बजाज अटोको यात्रा भारतमा ७५बर्ष पहिले शुरू भएको थियो र आज यसका पल्सार, बक्सर, प्लेटिना र आरई जस्ता ब्राण्डहरू विश्वका ७० भन्दा बढी देशहरूमा लोकप्रिय छन् जसलेयसलाई वास्तवमै “विश्वकौ लोकप्रिय भारतीय”ब्राण्ड बनाएको छ । यस वर्ष थाइल्यान्डमा प्रवेशगरिसकेको र अर्को वर्ष ब्राजिलमा सम्भावित प्रवेशसंगै यो विश्वबजारमा लगातार विस्तार भइरहेको छ ।
बजाज अटोको अस्ट्रियाको केटीएम एजीसँग एक अत्यधिक सफल साझेदारी छ जहाँयस साझेदारीले केटीएमलाई प्रीमियम स्पोर्ट मोटरसाइकलको सबैभन्दा ठूलो निर्माताबन्न मद्दत गरेको छ । आइकोनिक केटीएम र हुस्कर्वना दायराका धेरै मोडलहरू बजाज र केटीएमले संयुक्त रूपमा डिजाइन गरेका छन् र अमेरिका र जापान जस्ता विकसित देशहरू लगायत विश्वबजारमा निर्यातका लागि भारतमा निर्मित छन्। बजाज अटोले पनिट्राइम्फ युकेसँग विश्वबजारका सेवाप्रदानगर्न भारतमा उस्तै प्रकारका ट्राइम्फ मोटरसाइकलको नयाँ श्रृंखला बनाउनका रणनीतिक साझेदारी गरेको छ ।
यस उपलब्धीकाबारेमाबजाज अटोका प्रबन्ध निर्देशक राजीवबजाजले भने, “मोटरसाइकलवर्गमाकम्पनीको विशेषध्यान र विभेदको रणनीतिप्रति अटल प्रतिबद्धता र टीपीएमको अभ्यासले विश्वव्यापी महत्वाकांक्षासँग मिलेर आजबजाजलाई विश्वभर सर्वाधिक मूल्यवान दुईपाङ्ग्रे सवारी कम्पनी बनाएको छ । यसले हामीलाई अझ बढि सेवाप्रदानगर्न र विश्वभरि ग्राहकहरुलाई खुशीपार्न प्रोरित गरेको छ।”
बजाज अटो बजाज समूहको फ्ल्यागसीप कम्पनी हो । बजाज समूहभारतमा शीर्ष १० व्यापार घरानाहरु मध्ये एक हो ।सन् १९२६मा भारतमा स्वतन्त्रताको लागि आन्दोलनको चरम सीमामा स्थापित यो समूहको उत्कृष्ट इतिहास छ । बजाज अटो मोटरसाइकलको लागिविश्वको तेस्रो ठूलो निर्माता र तीनपाङ्ग्रे सवारीको सबैभन्दा ठूलो निर्माताहो । बजाज अटो भारतको नम्बर १मोटरसाइकल रतीनपाङ्गेनिर्यातकर्ता हो, भारतबाट निर्यात तीनमध्ये दुई बाइक र तीनपाङ्गे बजाजले बनाएको पाइएको छ । ७० भन्दा बढी देशहरूमा १५ मिलियनभन्दा बढी मोटरसाइकलहरू बिक्री भएसंगै, बजाज अटोले भारत सरकारको “मेक इन इंडिया”दर्शनको लागि उल्लेखनीय बेन्चमार्क कायम गरेको छ।