आर्थिक

यूनाइटेड इन्स्योरेन्स कम्पनीको २६ औं वार्षिक साधारण सभा सम्पन्न

 ७ माघ, काठमाडौँ । यूनाइटेड इन्स्योरेन्स कम्पनी को २६ औं वार्षिक साधारण सभा सम्पन्नयस यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. को २६ औं वार्षिक साधारण सभा माघ ७ गते WEBINER मार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भयो ।
सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सानहिसाब र नगदप्रभाहविवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारितगरियो ।आर्थिक वर्ष २०७६/०७७ का लागीबाह्य लेखा परिक्षक श्री मदननिरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्ट््लाई नियुक्त गरियो ।
कम्पनीको विशेष प्रस्तावअन्तर्गत श्री बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्रतथानियमावलीमासंशोधनगर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सर्वसहमतिले पारित गरियो ।
कम्पनीको आ.व.२०७७/०७८ को वित्तीयविवरणमा कुल बीमा शुल्क आम्दानी ४८ करोड ,८० लाख ,३३ हजार ४ सय ४५.६२ रहेको छ । खुदबीमाशुल्कआम्दानी २३ करोड ०७लाख ५२हजार ४ सय २६/२० रहेकोमा खुदनाफा २ करोड २२ लाख १२ हजार १ सय २.५३ रहेकोछ । यस कम्पनीको लगानीगतआ.व. को तुलनामा३/९३प्रतिशतले बृद्धि भई आषाढ मसान्तमा ६९ करोड ८४ लाख ४२ हजार १सय ३१/७४पुगेको छ । आ.व. २०७५/०७६ माकम्पनीको कुल कारोवार गतआ.व. २०७४/०७५ को तुलनामा २/२५प्रतिशतले वृद्धि भई ४८ करोड ८० लाख ३३ हजार ४ सय ४५/६२ बीमा शुल्क आर्जन गरेको जानकारी गराउन चाहन्छौं ।