पु.समाचार

संसद बिघटनको रिटमा आजको सुनुवाई सुरुः आधा घण्टामै बहस सक्नुपर्ने

७ माघ, काठमाडौं । संसद बिघटन बिरुद्धको रिटमा संवैधानिक इजलासमा आज तेस्रो दिन पनि सुनुवाइ सुरु भएको छ । आजदेखि विघटनविरुद्धको मुद्दामा बहस गर्न कानुन व्यवसायीहरुलाई आधा घण्टाभित्रै सक्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले रुलिङ गरेका छन् ।

अधिवक्ता डाक्टर चन्द्रकान्त ज्ञवालीलाई बहसका लागि समय दिँदै प्रधानन्यायाधीश जबराले बहस सुरु भएको र सकिने समयबारे जानकारी दिन इजलासमा टाइमर नै राखिएको बताएका छन् ।

यसअघिका बहसमा अधिवक्ताहरुले चाहेजति समय बहस गर्न पाउँथे । रिट निवेदकका तर्फबाट ३ सय १० जनाले वकालतनामा हालेका छन् । एउटै वकिलले ५ घण्टा लामो बहस गरेपछि इजलासले समयको ख्याल गर्न यसअघि नै रुलिङ्ग गरिसकेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपती बिद्यादेबी भण्डारीले गरेको संसद बिघटनका बिरुद्धमा सर्बाेच्चमा परेको रिट निवेदनमा दुई दिनदेखी बहस जारी छ ।