राजनीति

मैले हिंसात्मक आन्दोलनमा जानुपर्छ भन्न खोजेको होईनः अध्यक्ष दाहाल

७ माघ, काठमाडौं । नेकपा दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले आँफुले हिंसात्मक आन्दोलनमा जानुपर्छ भनेर भन्न नखोजेको स्पष्टोक्ति दिएका छन् ।

अध्यक्ष दाहालले केहीदिन अघि आफु निकट अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै शाकाहारी आन्दोलनले मात्रैे पार नलाउने भनेर दिएको अभिव्यक्ति बारे प्रस्ट पार्दै आफूले हिंसालाई जोड दिएको नभइ सो अभिव्यक्तिलाई आवेगको अभिव्यक्तिका रुपमा लिन आग्रह ;समेत गरेका छन् ।

उनले देशलाई अप्ठ्यारो अवस्थाबाट मुक्त गर्न केपी ओलीको कदमविरुद्ध प्रतिवाद गर्नुपर्ने र त्यसका लागि जनतालाई एक ठाउँमा ल्याउन जरुरी रहेको पनि बताएका छन् । दाहालले जनताको बहुदलीय जनवाद (जबज) प्रधानमन्त्री केपी शर्मा ओलीले नै छाडेको टिप्पणी गरेको छन् ।

उनले परिवर्तनको नेतृत्व गर्नेले नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै कमी कमजोरीको जवाफदेहीता आफूहरुले लिनुपर्ने बोध भएको स्वीकार समेत गरेका छन् ।

अध्यक्ष दाहालले कार्यक्रममा माधव नेपालसँगको सम्बन्धमा कुनै समस्यै नरहेको प्रष्ट पार्दै केपी अ‍ोलीसँग पनि आफ्नो व्यक्तिगत रुपमा कुनै दुस्मनी नरहेको पनि बताएका छन् ।