पु.समाचार

देउवाजीलाइ प्रधानमन्त्री स्विकार्न मलाइ कुनै अप्ठ्यारो छैनः अध्यक्ष दहाल

७ माघ, काठमाडौं । नेकपाका दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री स्वीकार्न आँफुलाई कुनै अप्ठेरो नभएको बताएका छन् ।

देउवा अहिले नेपाली कांग्रेसको सभापतीको हैसियतले ‘र त्यस्को दलको नेताको हैसियतले उनलाई प्रधानमन्त्री स्वीकार्न कुनै अप्ठेरो नभएको बताएका हुन् । एक टेलिभिजनमा अन्तवार्ता दिँदै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले आगामी प्रधानमन्त्रीको रुपमा देउवालाई समर्थन गर्ने धारणा व्यक्त गरेका छन् । अध्यक्ष दाहालले संबिधान र प्रणाली बचाउने, जनतालाई स्थायित्व र विकास दिने सर्तमा देउवा वा देउवाले भनेको कुनैपनि ब्यक्तिलाई प्रधानमन्त्री बनाउन तयार रहेको बिचार व्यक्त गरेका छन् ।

साथै दाहालले शान्तिप्रक्रियाको पहिलो अपिलकर्ता आँफु् र देउवा भएको नाताले पनि केहि न केहि सम्बन्ध रहेको धारणा व्यक्त गरेका छन् ।अध्यक्ष दाहालले आँफुले प्रधानमन्त्तीको पदको लागी दाबी नगरेके समेत पष्ट्याएका छन् ।

उनले संविधानको रक्षा, स्थायित्व र विकासको निम्ति नेकपा, नेपाली कांग्रेस । जसपाको बीचमा राम्रो राष्ट्रिय हुनुपर्ने भनेर छलफल गरेको समेत बताएका छन् । प्रधानमन्त्री केपी शर्मँ ओलीले संसद बिघटन गरेपछि नेकपा दुई समुहमा बाँडीएको छ एउटा समुहको नेतृत्व स्वयमं ओली र अर्काे समुहको नेतृत्व दाहाल–नेपालले गरेका छन् ।