समाचार

आज देशका केहि स्थानमा हल्का वर्षा र हिमपातको संभावना

७ माघ, काठमाडौं ।  आज देशका केही स्थानमा मौसम बदली हुनुका साथै केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ का पहाडी भू-भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।

यसैगरी बुधबार राति प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ।

प्रदेश १ का पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।