राजनीति

संविधान बचे कमी सुधार्न सकिन्छ, खराब नेता बदल्न सकिन्छः डा.भट्टराई

७ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले संविधान बचे कमी सुधार्न सकिने बताएका छन् ।

पुर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले संविधान बचे कमी सुधार्न सकिने भन्दै खराब नेता बदल्न सकिने बताएका हुन् ।

उनले ओली जस्तै अरू नेताकानिम्ति संघर्ष किन गर्ने भन्ने गल्ती गर्न नहुनेमा जोड दिँदै ऐले ट्र्याक बाहिर गएको संविधानलाई ट्र्याकमा ल्याउने कुरा प्रधान भएको पनि बताएका छन् ।

डा.भट्टराईले सबै राजनीतिक दल, नागरिक समाजको संयुक्त संघर्ष निम्ति ढिलो नगर्न सबैमा आग्रह समेत गरेका छन् ।

उनको ट्वीटः सौताका रिसले पोइका काखमा मु.. भने झैं नगरौं ! ओली जस्तै अरू नेतानिम्ति संघर्ष किन गर्ने भन्ने गल्ती नगरौं ! ऐले ट्र्याक बाहिर गएको संविधानलाई ट्र्याकमा ल्याउने कुरा प्रधान हो ! संविधान बचे कमी सुधार्न सकिन्छसखराब नेता बदल्न सकिन्छ । सबै दल,नागरिक समाजको संयुक्त संघर्षनिम्ति ढिलो नगरौं !