राजनीति

किशोर नेपालको ठोकुवाः प्रधानमन्त्री ओलीले गराउने चुनाव नहुने चुनाव हो

६ माघ, काठमाडौं । बरिष्ठ पत्रकार किशोर नेपालले कसैले यो कुरा मान्छ भने मानोस, ओलीले गराउने चुनाव नहुने चुनाव हो भन्ने ठोकुवा गरेका छन् । उनले देउवाको २०४८ साल देखिको दोस्ती–एउटै चुनावले के गडबडाउला भन्दै सभापति देउवातर्फ व्यंग्य गरेका छन् । नेतालले कांग्रेस सभापति देउवाले सोचेका होलान् ‘संसद पुनर्स्थापना’ नभए प्रधानमन्त्री ओलीले २०७७ बैशाख १७ मा चुनाव गराउँछन् भन्ने भ्रममात्र भएको संकेत ट्वीटमार्फत गरेका छन् ।
उनको ट्वीटः कांग्रेस सभापति देउवाले सोचेका होलान् ‘संसद पुनर्स्थापना’ नभए प्रधानमन्त्री ओलीले २०७७ बैशाख १७ मा चुनाव गराउँछन् । ओलीसंग देउवाको २०४८ साल देखिको दोस्ती–एउटै चुनावले के गडबडाउला ! कसैले यो कुरा मान्छ भने मानोस, ओलीले गराउने चुनाव नहुने चुनाव हो ।