समाचार

हिमालय एअरलाइन्स् परीक्षण उडानको लागि ल्हासा तर्फ

६ माघ, काठमाडौं । नेपाल र चीनको संयुक्तसाझेदारीमा संचालित यस हिमालय एअरलाइन्स्ले, जनवरी १९,२०२१ माआफ्नो पहिलो उच्च उचाई गन्तव्य–ल्हासाको परीक्षण उडानका लागि प्रस्थान गरेको छ । ल्हासाजनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानीहो,जसले संसारभरबाट पर्यटक आकर्षितगर्दै आएको छ । आजको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकावद्ध उडानहरू सुरू गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको जनाइएको छ ।
परीक्षण उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट बिहान ७ः१७ बजे (स्थानीय समय)माल्हासातर्फ प्रस्थान गरी ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमाविहान१०ः४६ बजे (स्थानीय समय)माअवतरीत भयोे । ल्हासाबाट फिर्ती उडान ज्ढ ढटद्द आजै अपरान्ह १५ः००बजे (स्थानीय समय)मागर्ने र काठमाडौंमा अपरान्ह १४ः०० बजे(स्थानीय समय)माअवतरीतहुने अपेक्षा गरिएको छ ।
एअरलाइन्स्का सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले, वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालकदलको नेतृत्व गरेका छन् र चालकदलले ल्हासा स्थित गोंगर अन्तर्राष्ट्रिय विमान स्थलमावैधता उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउने छन् ।
परीक्षण उडानका लागि एअरलाइन्स्ले सन २०२० को मार्च महिना मै विशेषतःउच्च उचाईका लागि उडान भर्नज्ढ ब्व्प् नाममा दर्ता भएको नवीनतम न्यारो बडी हवाइजहाज ब्घज्ञढ(ज्ञज्ञछ प्रयोगमा ल्याएको छ । १२० इकोनोमि र ०८ विजिनेस क्लास सिटको व्यवस्थाभएको एअरक्राफ्टउच्चउचाईको उडानभर्नको लागि परिमार्जित छ र अधिकतम १४,५०० फिटसम्मको एअरोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको छ ।
हिमालयएअर लाइन्स्का अध्यक्ष झोउ एन्योङ्गले भने, “हिमालय टोलीगत बर्षदेखि नै ल्हासा जस्तोे उच्च उचाईको गन्तव्यको उडानका लागि सावधानीपूर्वक कार्यरत थियो । आजको सफलपरीक्षण उडानले (सुरक्षा, टीम भावना र विजयी भावनाको हाम्रो प्रमुख मार्ग निर्देशक सिद्धान्तहरुको प्रतिबद्धतालाई प्रबल बनाएको छ ।आजको प्रमाणीकरण उडानको सफल संचालनका लागि हाम्रो टोलीलाई म हृदयदेखिनै बधाई दिन चाहन्छु र हाम्रा दुबै मुलुकका नागरिक उड्डयन प्राधिकरणको सहयोग प्राप्त भाएको माहामी वहाँहरु प्रति कृतज्ञ छौं ।यस कार्यले हामीलाई हाम्रो अभियान सहजै अगाडि बढाउन सक्षम बनाएको छ।”
सो समारोहमा एअरलाइन्स्का प्रशासकीय उपाध्यक्ष विजय श्रेष्ठले भने, “ल्हासागोंगर अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गर्ने पहिलो र एकमात्र विदेशी एअरलाइन्स् हुनपाउनु हिमालयका लागि वास्तवमै गर्वको बिषय हो। यसका साथ साथै यस उडानले उच्चउचाइकाहवाइ उडानका लागिनागरिक उड्डयन प्राधिकरणले निर्दिष्ट गरेको मापदण्ड र आवश्यकताहरूको पालनाको सुनिश्चित्तागर्नेछ। यसरी सीमापार सम्बन्ध सुदृढ पार्ने अवसर पाउँदा हामी सम्मानित भएको अनुभूति गर्दछौ ।साथै हामी विश्वस्त पनि छौं, कोरोेना महामारी पछि, यस उडानले नेपाल र तिब्बतबीचको पर्यटक संख्यामाउल्लेखनीय बृद्धि गर्नेछ।”
परीक्षण उडान ३,५७० मीटरको उचाइ अर्थात् ११,७११ फिट बराबरको उचाइमा रहेको ल्हासागोंगर अन्तर्राष्ट्रियविमान स्थलमा परम्परागत एप्रोचेजका साथै च्ल्ए(ब्च्एप्रोचेजका प्रमाण्ीाकरणका लागि योजना गरिएको हो ।

हिमालय एअरलाइन्स्प्रा.लि.को बारेमा
नेपाल–चीन संयुक्तउद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापितहिमालय एअरलाइन्स्, अन्तर्राष्ट्रिय उडान सेवाउपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो । ‘हिमालय’शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नामउँचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनआकांक्षा राख्दछ । सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवाउपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमाआफ्नो उच्च पहिचान कायम गरिसकेको छ ।
एउटा विमान र एउटा गन्तव्यबाट संचालन सुरु गरेको एअरलाइन्स्ले छोटो अन्तरालमै आफ्नो स्वामित्वमा चार वटा जहाज कायम गर्न र सातवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । एअरलाइन्स्ले आफ्नो पहिलो उडान मे ३१, २०१६ माकतारको दोहाको लागि भरेको थियो र तत्पश्चात विभिन्न एशियाली मुलुकहरुमा आफ्नो सञ्जाल विस्तार गरेको छ जस्तैःयुएई, मलेशिया, साउदी अरेबिया, बंगलादेश र चीन । अहिले हिमालय एअरलाइन्स्ले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ्गर छोड्ंछिडं्मा उडान सेवाभर्दै आएको छ । साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जालविस्तार गरेर साउदी अरेबिया र नेपालजोड्ने हिमालय एअरलाइन्स् एक मात्र एअरलाइन्स्हो र हालचीनमा उडान भर्ने पनि एक मात्र नेपाली एअरलाइन्स् हो ।
हिमालय एअरलाइन्स्ले अहिले १८० इकोनोमीक्लास सीट भएकातीन ए३२०–२१४ सिरिज र ८ बिजनेस क्लास र १२० इकोनोमीक्लास सीट भएको एक ए३१९–११५ एअरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । २०२१ मा एअरलाइन्स्को ल्हासा जस्ता उच्च स्थानमा उडान भर्र्ने तयारी रहेको छ र साथै विभिन्ननयाँगन्तव्यहरूमापनि उडान सुरु गर्ने योजना छ ।
व्यावसायिक रुपमा संचालन सुरु गरेको एक बर्षमैहिमालय एअरलाइन्स्ले सन् २०१७मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स् इन साउथएशिया’अन्तर्राष्ट्रिय अवार्ड सम्मानप्राप्त गरेको थियो । भर्खरै अगस्त २०२० माहिमालय एअरलाइन्स्ले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धितआईएसओ ९००१–२०१५ हासिलगर्न सफलभएको छ ।
हिमालय एअरलाइन्स् उत्कृष्टता प्राप्तगर्न र उड्डयन क्षेत्रमाउच्च वृद्धि गर्न निरन्तर गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तार गर्न अथक प्रयासमा लागि परेको छ । हिमालय एअरलाइन्स्को परिवार बहुसांस्कृतिक र विविध पृष्ठभूमिबाट गठन भएको छ र ‘अतिथि देवो भवः’ग्राहक नै भगवानभन्ने बर्षौं पुरानो परम्परालाई मनन् गर्दै विशुद्ध नेपाली सत्कारसहित उच्च गुणस्तरीय ग्राहक सेवाउपलब्ध गराउन प्रतिबद्ध छ ।