समाचार

नेपालीयुवाद्वारा जोन्टा इन्टरनेशनल जेन एम.क्लाउस्म्यानवुमन इन बिजनेश छात्रवृत्ति प्राप्त

६ माघ, काठमाडौं / जेन एम.क्लाउस्म्यानवुमन इन बिजनेश छात्रवृत्ति जोन्टा इन्टरनेशनलकोे एक फन्डेड कार्यक्रम हो जुनजोन्टा इन्टरनेशनल फाउन्डेशनको योगदानबाट प्रदान गरिन्छ । जोन्टा इन्टरनेशनल सेवा र वकालतको माध्यमबाट विश्वभरका महिलाहरुलाई सशक्तिकरण बनाउने पेशेवरहरुको एक अग्रणी ग्लोबल संस्थाहो।

रुपसी पराजुलीले कुल १० हजार अमेरिकी डलरकोडिस्ट्रिक्ट २५ र अन्तर्राष्ट्रिय छात्रवृत्तिजित्दाहामीगर्वान्वित गछौं । पराजुलीको आवेदन जोन्टा क्लब काठमाडौं, नेपालले प्राप्त गरेको थियो जसको नेतृत्व संस्थाकी अध्यक्ष सीमा गोल्छाले गरिरहेकी छिन् । त्यसपछि क्लबले उनलाई जिल्ल स्तरमामनोनयनग¥यो र उनीजोन्टा डिस्ट्रिक्ट २५मा विजयी भइन् । त्यसपछि उनीजोन्टा इन्टरनेशनल जेएमके छात्रवृत्तिका लागि मनोनयनमा परिन् । हामीउनलाई बधाई दिन्छौं र हामीलाई थाहा छ कि उनी व्यवस्थापन अध्ययन गर्न चाहाने र अग्रणी स्थानमा रहेर अन्य महिलाहरुलाई सशक्त बनाउन सहयोग गर्ने धेरै केटीहरुका लागि एक उत्कृष्ट रोल मोडेल हुने छिन।
रुप्सी पराजुली विराटनगरकी हुन् र उनी काठमाडौं युनिभर्सिटी स्कूल अप mम्यानेजमेन्ट (कुसमम) मा तेस्रो वर्षको स्नातककी विद्यार्थी हुन् र उनी स्कूलदेखि नै शैक्षिक रुपमा राम्रो विद्यार्थी हुन् ।
उनको अध्ययन बाहेक, उनी सन् २०१९ देखि इन्टरनेशनल युथअलायन्स फरपीस (आईवाईएपी) नेपालकोलागि कन्ट्री निर्देशकको रूपमा कार्यरत छिन्जहाँ एसडीजी सम्बन्धी नयाँ कार्यक्रमहरू पहिचान, अवधारणा र पहलगर्ने उनको मुख्यभूमिका रहेको छ। यसबाहेक, उनी“हुमनअफ काठमाडौं”कीसंस्थापक सदस्यहरू मध्ये एक र लेखिकापनिहुन्। उनी“एक्सप्लोर आईडिया”को सह–संस्थापकहुन् ।
यी बाहेक उनी जीपी एफ र एफ पीएएन नेपालमायुवा स्वयम्सेवाको रूपमापनि संलग्न छिन्।
उनीसँगसिक्ने, व्यक्तिलाई भेट्ने र यात्रागर्ने मनोभावका कारणउनीले धेरै प्रायोजित राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरूमा भागलिने अवसर प्राप्त गरिन् । उनलाई अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा हार्वर्ड प्रोजेक्ट फर एशियन एण्ड इन्टरनेशनल रिलेशन (एचपीएआईआर) मा भाग लिन आमन्त्रित गरियो । त्यस्तै, जापानको एशियन लीडरशिप (पीएएल) लाई बढावा दिँदै भागलिने बेलामा उनी उत्कृष्ट आईडिया पिचर थिइन्। उनी एशिया प्यासिफिक यूथ एक्सचेन्ज (एपीवाईई) को बखतयुएन, बैंककमा प्रस्तुत गर्थिन् । त्यस्तै, उनीयुथ स्पेस दक्षिण एशिया, श्रीलंका र दक्षिण एशियन सह–परामर्श, थाईल्याण्डकी अन्तर्राष्ट्रिय प्रतिनिधि पनि हुन् ।
उनीआफ्नो हाई स्कूल–ग्लोबल कलेज अफम्यानेजमेन्टमा भ्यालेडिक्टोरियनको रूपमा मान्यता प्राप्त गरेकी थिइन् । उनले कारखाना र नेपालशिक्षा, विज्ञान र प्रविधिमन्त्रालयले आयोजना गरेको स्टीम चुनौतीमा एसडीजी प्रोजेक्टमा निर्णायकको रुपमा पनि काम गरिसकेकी छिन् । उनलाई नेशनलकलेज, नेपालले सबैभन्दा आत्मविश्वास पुरस्कार, नेशनलयुथ फेस्टको मान्यता पनि दिएको थियो ।

जोन्टा क्लबअफ काठमाडौंको बारेमा
सन् १९१९्मा स्थापितजोन्टा इन्टरनेशनल पेशेवरहरू को एक अग्रणी विश्वव्यापी संगठन हो,जो सेवा र वकालतमार्फत महिलाविश्वव्यापी सशक्तीकरणमा लागि परेको छ । यसले यस्तो विश्वको कल्पना गरेको छ जहाँ महिलाको अधिकारलाई मानव अधिकारका रूपमा मान्यता दिइनेछ र हरेक महिला आफ्नो पूर्ण सम्भावना प्राप्त गर्न सक्षम छन् । यस्तो संसारमा महिलाको सबै स्रोतमा पहुँच छ, पुरुषसँग समान आधारमा निर्णय लिने स्थितिमा प्रतिनिधित्व हुन्छ र कुनै पनि महिला हिंसाको डरमा बस्दैनन् । जोन्टा इन्टरनेसनलको छाता र दर्शन अन्तर्गत, जोन्टा क्लब काठमाडौं २०१२ मा काठमाडौंमा कानुनी रूपमा दर्ता गरिएको एनजीओको रूपमा स्थापित भएको हो । यस क्लबलाई विभिन्न पेशागत पृष्ठभूमिका ५४जनामहिलाले प्रतिनिधित्व गर्दछन्, जसले महिलाको स्थिति प्रगतिका लागि जोन्टामा स्वेच्छाले काम गरिरहेका छन् । क्लबको उद्देश्य आर्थिक, शिक्षा, स्वास्थ्य, र युवा र महिला विरुद्ध हुने हिंसामा सम्बन्धित मुद्दा सेवा र वकालत मार्फत सुधार गर्नु हो ।