आर्थिक

पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर निष्काशनको लागि निष्काशन तथा विक्रि प्रबन्धक नियुक्ति

६ माघ, काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले लमजुङ्ग जिल्लामा निर्मााण गर्न लागेको सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ ५४ मे.वा. निर्माण गरीरहेको र सो मालगानीगर्न आवश्यक स्वपुँजी समेत लगानीगर्न आफ्नो जारी पूँजी दुई अर्व पचहत्तर करोड मध्ये बयासी करोड पचास लाख बराबरको सय अंकित दरको यासी करोड पचास लाख  कित्ता शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारण लगानीकर्ता मानिष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सो क्रममा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुखकार्यकारी अधिकृत भिष्म राजचालिसे र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडकातर्फ बाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिममिति २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमाप्रा.लि.को रुपमा दर्ता भई मिति २०७५ फाल्गुण १५गते देखि पब्लिकलिमिटेड कम्पनीमा परिणतभएको कम्पनीहो । कम्पनीको गण्डकी प्रदेश,लमजुङ्ग जिल्लाको दोर्दि गाउँपालिका (तत्कालीनढोडेनीे/फलेनीगा.वि.स.) माबहने दोर्दीखोलाको पानीप्रयोग गरी निर्माणगर्न लागेको आयोजना करिव ७०५ सम्पन्न भएको छ । आगामी २०७८ सालअसोज महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।