प्रदेश 1

सुनसरीको वराहक्षेत्रमा सरकार बिरुद्ध बिशाल मोटरसाइकल र्याली हुने

६ माघ, काठमाडौं । नेपाली कांग्रेस वराहक्षेत्र ६ र ८ नम्बर वडा कार्य समितिले मोटरसाइकल र्याली सहित बिरोध सभा गरेर सरकारको बिरोध गर्ने भएका छन् । बिहिबार वराहक्षेत्रका सम्पूर्ण वडा सहित देशभर रहेका पालिकाका वडाहरुमा नेपाली कांग्रेसले बिरोधको कार्यक्रम तय गरेको छ । मङलवार बसेको वडा नं ६ र ८ कार्य समितिले आ- आफ्नो वडामा मोटरसाइकल र्याली सहित सभा गर्ने निर्णय गरेको छ । भन्ने अन्य वडाहरु वडा नं १ कार्य समितिले वस स्टेनमा बिरोध गर्ने तय गरेको छ । खहरे चौकमा भेला भएर र्यालीसहित वस स्टेनमा हुने सभामा प्रमुख वक्ता नेपाली कांग्रेस वराहक्षेत्रका सभापति नारायण नेपाल हुने वडा १ सभापति ईशवर थापाले बताए ।वडा नं २ कार्य समितिले १ मै हुने बिरोध सभामा सहभागी हुने वडा नं २ सभापति प्रदिप बस्नेतले बताए । वडा नं ३ कार्य समितिले नडाहामा , वडा नं ४ कार्य समितिले धनपुरीमा वडा नं ५ कार्य समितिले कलाबन्जरमा बिरोध सभा आयोजना हुने नगर – संयोजक तथा प्रवक्ता जगदवहादुर कार्कीले बताए । वडा नं ७ कार्य समिति र वडा नं ९ कार्य समितिले राजावासमा बिरोध सभा आयोजना हुने तय भएको छ । वडा नं १० कार्य समितिले प्रकाशपुर स्थित मङलवारे चौकमा बिरोध सभा गर्ने निर्णय भएको छ । भने वडा नं ११ कार्य समितिले मधुवनमा सभा आयोजना हुनेछ । वराहक्षेत्रमा हुने मोटरसाइकल र्याली महेन्द्र गेट बाट सुरु गरि बजार परिक्रमा गरेर कोट सभा गरेरा बिरोध सभामा परिनत हुने छ । त्यसै वडा ८ ले भने बाग्झोडा बाट सुरु गरि पुलाह हुँदै मैनबारि हुँदै शैनिकबाट वडा कार्यलयलाई परिक्रमा गरि सालबन्दिमा बिरोध सभा हुनेछ । नेपाली कांग्रेसले वराहक्षेत्र नगरपालिकाको १ देखि ११ वटै वडामा बिरोध सभा आयोजना गर्ने भएको छ । नेपाली काग्रेस केन्द्रीय समितिको देश भरमा ६ हजार ७ सय ४३ वटै सम्पुर्ण वडामा माघ ८ बिहिबार बिरोध सभा आयोजना गर्ने निर्णय वमोजिम एकै दिन वराहक्षेत्रमा रहेका ११ वटै वडा कार्य समितिको आयोजना आ- आफ्नो वडाको पायक पर्ने ठाउमा बिरोध र्याली सहित सभा आयोजनाको तयारी लगभग अन्तिम चरणमा पुगेको नगर सभापति नारायण नेपालले बताए । प्रधानमन्त्री केपि अोलि नेतृत्वको सरकारले गरेको संदस बिगठनलाई असवैधानीक कदम भन्दै नेपाली कांग्रेसले बिरोध गरिरहेको छ । प्रधानमन्त्री अोलीले पौष ५ गते प्रतिनिधि सभा बिगठन गरे पछि नेपाली कांग्रेसले सदन पुन- स्थापनाको माग सहित ७७ वटै जिल्ला , १ सय ६५ वटै निर्बाचन क्षेत्र , ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्र र ७ सय ५३ वटै पालिकामा बिरोध र्याली सहित सभा आयोजना गरि सकेको छ । सदन बिगठनको बिषयलाई सर्वोच्च अदालतले सदर गर्दिए निर्वाचनमा जाने समेत तयारी गरिरहेको कांग्रेसले बोरोध सभलाई चुनावको तयारी र कार्यक्रमतालाई सक्रिय बनाउने माध्यम समेत बनाइ रहेको छ । प्रधानमन्त्री अोलिको मात्र नभई समग्र कम्युनिस्टकै नेतृत्वकै बिरोध गर्दै आइरहेको नेपाली कांग्रेसको तत्लो निकाय वडामा समेत बिरोध सभा आयोजना गर्दैछ ।