राजनीति

पेट्रोलको मूल्यबृद्धिबिरुद्ध नेविसंघ आक्रमक, फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी

६ माघ, काठमाडौं । नेपाल बिद्यार्थि संघ नेबिसंगले पेट्रोलीयम पर्दाथमा भएको मुल्यबृद्धिलाई लिएर बिरोध जनाएको छ । संघका महामन्त्री बलदेब तिमल्सिनाले बिज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मुल्यबृद्धिले जनताको ढाड सेक्ने र चुल्हो बन्द गर्ने जनतामारा सरकारको नियत प्रष्ट हुने समेत बताएका छन् ।

नेपाल आयल निगमले गएरातिदेखी लागु हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको छ । सो मूल्य वृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ ।

नेविसंघले अत्यावश्यकिय उपभोग्य बस्तु पेट्रोलियम पदार्थ माथी चरम मुल्यबृद्धि गर्ने प्रतिगामी सरकारको निर्णय प्रति निन्दा र भर्त्सना गरेको छ । पेट्रोलको मूल्यबृद्धिबिरुद्ध नेविसंघ आक्रमक हुँदै फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी नेविसंघले दिएको छ । 

भ्रष्टाचारमा चुर्लुम्म डुबेको जनतामारा सरकारको जनता बिरुद्धको रबैयाको निरन्तरताको रुपमा लादिएको यो निर्णय आम नेपाली जनताको ढाड सेक्ने र चुलो बन्द गराउने नियतबाट उद्यत रहेको जनाईएको छ ।

यस्तै साथै संघका महामन्त्री तिमल्सीनाले एक पछि अर्को जनबिरोधी गतिविधिमा लिप्त भ्रष्ट र प्रतिगामी सरकारको जनघाति कदम र निर्णयका बिरुद्ध शसक्त प्रतिरोध गर्न सबैमा अपिल समेत गरेका छन् ।