राजनीति

डा.भट्टराईको प्रस्तावः तुरून्त केन्द्रिय राजधानी काठमाण्डौ बाहिर सारौं

६ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले तुरून्त राष्ट्रिय भू-उपयोग नीति लागू गरी संघीय राजधानी काठमाण्डौ बाहिर सार्नु प्रस्ताव गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यस्तो प्रस्ताव गरेका हुन् ।

साथै उनले विकास र संरक्षण वीचको अन्तरसम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भू-माफियालाई छाडा छोड्दा काठमाण्डौ उपत्यका केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने बताएका छन् ।

उनको ट्वीटः विकास र संरक्षण वीचको अन्तरसम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाण्डौ उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो ! तुरून्त राष्ट्रिय भूउपयोग नीति लागू गरौं ! संघीय राजधानी काठमाण्डौ बाहिर सारौं !