सामाजिक सञ्जाल

संग्रौलाको टिप्पणीः नेकपा फुटेर नाङ्ङा आँखाले देख्ने गरी दुई चिरा भइसक्यो, अझै ढाँट्छन्

६ माघ, काठमाडौं । बुद्धिजिवि लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले बिभाजीत नेकपाका दुई समुहको गतिबिधिलाई लिएर टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले ढाँट्ने कपटविरूध्द ढाँट्ने कपट गरेर पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पनी ओलीविरुद्ध ओली पथमा रहेको बताएका छन् ।

साथै उनले पार्टी फुटेर नाङ्ङा आँखाले देख्ने गरी दुई चिरा भएको र ओली आफ्नो गुटको दुई नम्बर अध्यक्ष पुष्पकम लै छन् भनेर ढाँटेको र उता दाहाल-नेपाल ओलीमाथि अनुशासनको कार्बाहि गर्ने पत्र जारी गरेर ढाँटेको भन्दै टिप्पणी गरेका छन् ।

प्रधानमन्त्ती केपी शर्मा ओलीले संसद बिघटन गरेपछि नेकपा दुई समुहमा बिभाजीत भएको छ भने पार्टी फुटको घोषणा दुई समुहले नै गर्न सकेका छैनन् । यतिबेला दुई समुह एक अर्काे बिरुद्ध उत्रिरहेका छन् ।

उनको ट्वीटः पार्टी फुटेर नाङ्ङा आँखाले देख्ने गरी दुई चिरा भइसक्यो, ओली आफ्नो गुटको दुई नम्बर अध्यक्ष पुष्पकमलै छन् भनेर ढाँट्दैछन् । उता पीके-माकुने केपीमाथि अनुशासनको कार्बाइ गर्ने पत्र जारी गरेर ढाँट्दै छन् । हैट्,ढाँट्ने कपटविरूध्द ढाँट्ने कपट गरेर पीके-माकुने ओलीविरूध्द ओलीली पथमा !