प्रदेश 1

रामधुनीमा ६० भन्दा बढि युबा सचिव भण्डारीबाट टीका लगाई कांग्रेसमा प्रवेश

५ माघ, सुनसरी । नेकपा लगायत विभिन्न पाटि परित्याग गरेर रामधुनी नगरपालिकामा ६० भन्दा बढि युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई सोमवार नगर समितिले एक कार्यक्रम आयोजना गरेर सुनसरी जिल्ला कार्य समितिका सचिव केदार भण्डारीले टीका लगाएर कांग्रेसमा स्वागत गरेको नगर सभापति सुदिप अधिकारीले जानकारी दिए ।
स्थानीय प्रल्लाद बिष्टको नेतृत्वमा ६० भन्दा बढी युवाहरु नेपाली काङ्ग्रेस मा प्रवेश गरेको सभापति अधिकारीले जानकारी दिए । सभापति अधिकारीका अनुसार नव–प्रबेशी युबाहरुलाई तरुण दलमा समेट्न पार्टीको गतिबिधिमा समावेश गराइने छ ।
देशमा कम्युनिस्ट पाटीका कारण जनता निरास भएको र देश र जनताको भरोसा तथा आशाको केन्द्र नेपाली कांग्रेसमात्र भएकाले युवाहरुलाई नेपाली कांग्रेसमा आवद्ब हुन आव्हान समेत सभापति अधिकारीले गरेका छन् ।
नव प्रवेशीलाई स्वागत गर्दै नेपाल तरुण दल रामधुनी सभापति नगेन्द्र गुरुङले नेपाली कांग्रेसको भातृसंस्थालाई तरुण दल बलियाे बनाउदै र युबाहरुलाई जिम्मेवारी दिएर तरुण दललाई शशक्त बनाएर लैजाने प्रतिबद्धता समेत ब्यक्त गरे।