आर्थिक

ज्योति विकास बैंकद्वारा दुई अस्पताललाई बेबी वार्मर प्रदान

५ माघ, काठमाडौँ । ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि “हाम्रो विकास प्रबर्द्वन कोष” बाट महाकाली अञ्चल अस्पताल, कञ्चनपुर र प्युठान जिल्ला अस्पताल, बिजुवार प्युठानलाई एक-एक थान बेबी वार्मर प्रदान गरेको छ। महाकाली अञ्चल अस्पताल र प्युठान जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ ।
महाकाली अञ्चल अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट महेन्द्रनगर शाखाका शाखा प्रबन्धक लक्ष्मण सिंह चोख्याल र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप के.सी द्वारा संयुक्त रुपमा महाकाली अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठ लाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
प्युठान जिल्ला अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश क्षेत्रका क्षेत्रीय प्रमुख कपिल न्यौपाने, बैंकका बाग्दुला शाखाका शाखा प्रबन्धक दीपक खड्का र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप के.सी द्वारा संयुक्त रुपमा प्युठान नगरपालिका वडा नं ४ प्युठानका वडा अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारी,प्युठान अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सबु काफ्ले र अस्पताल व्यवस्थापक राजन घिमिरे लाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो । नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट महाकाली अञ्चल अस्पताल र प्युठान जिल्ला अस्पतालमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन् । सो कार्यक्रमको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट पी.पी.ई र फेस शिल्ड जस्ता कोरोना भाइरस नियन्त्रण स्वास्थ्य सामग्री समेत अस्पताललाई प्रदान गरिएको थियो ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्त ​रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोष​ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ ​। बैंकले १२औं वार्षिकोत्सवको अवसरमा डा। महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा ७त्रगयतसन्यानो नानी बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि ८ लाख प्रदान गरेको थियो।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ४५ अर्ब ८५ करोड निक्षेप
संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब ३७ अर्ब ५९ करोड लगानी गर्न सफल भएको छ।