पु.समाचार

२०० ले ओरालो लाग्यो सुनको मूल्य

५ माघ, काठमाडौँ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा २०० ले घटेको छ ।
प्रतितोला ९१ हजार ८०० मा आइतबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ९१ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन आइतबार तोलामा ९१ हजार ३०० मा कारोवार भएकामा आजका लागि भने ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी तोलामा एक हजार २३० मा कारोवार हुनेछ ।