कर्णाली प्रदेश

बालविवाह रोक्न धामीझाँक्रीलाई प्रशिक्षण

५ माघ, सिमकोट / सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागी पूजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न गरेको छ । भयावह अवस्थामा रहेको बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियान थाल्ने भएको हो ।
सो अभियानअन्तर्गत धामीझाँक्रीलाई प्रशिक्षण दिने गरिएकोे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए । जिल्लाका ग्रामीण बस्तीमा पछिल्लो समयमा बालविवाह गर्नेको दर नघटेर उत्तिकै रहेकाले यसको न्यूनीकरण गर्न धामीझाँक्रीको भूमिका महत्वपूर्ण रहने हुँदा एक दिने गरिएको बताइएको छ ।
बालविवाहको अन्त्य, महिला हिंसा न्यूनीकरण तथा कानूनी सहायता सम्बन्धी जानकारी दिने उद्देश्यले तालीम सञ्चालन गरिएको निमित्त अधिकृत रोकायाले जानकारी दिए । कार्यक्रममा सहभागी धामीझाँक्रीले बालविवाह नगराउने प्रतिबद्धता जनाएका छन् । वडा नं ४, ५, र ६ का २५ पूजारी र धामीझाँक्रीको उपस्थिति थियो ।