राजनीति

वामदेवको स्पष्टिकरणः म प्रचण्ड वा ओली कुनै पनी गुटको मान्छे होईन

५ माघ, काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले आँफु कुनैपनि गुटको मान्छे नभएको स्पष्ट पारेका छन् । गौतम प्रचण्ड गुटमा लागेको भन्ने आरोप लागेका बेला उनले  आँफु प्रचण्ड वा ओली कुनै पनी गुटको मान्छे नभएको स्पष्टिकरण दिएका छन् ।

एक टेलिभिजन संगको अन्तवार्तामा बोल्ने उपाध्यक्ष गौतमले आँफु ओली वा प्रचण्ड कुनै गुटमा नभई तटस्थ रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि नेकपा दुई खेमामा बिभाजित भएको छ ।

यी दुई खेमामा बिभिन्न नेता कार्यकर्ताहरु अलग अलग भएपनि गौतमले भने कुनै एक खेमामा आफ्नो सक्रियता देखाएका छैनन् ।

साथै अन्तवार्ताकै क्रममा गौतमले यी दुई खेमा समुहले आँफुलाई प्रयोग गरेको समेत आरोप लगाएका छन् । साथै नेता गौतमले जुनसुकै अवस्थामा पनि आँफु कुनैपनी पक्ष वा खेमा वा गुटमा नलागी संधै अगाडी बढ्ने दृढता व्यक्त समेत गरेका छन् ।