राजनीति

दमननाथको प्रश्नः प्रधानमन्त्रीको राजीनामा माग्न राष्ट्रपतिबाट किन ढिलाई ?

५ माघ, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्न राष्ट्रपतीले किन ढिलाई गरेको भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त ढुंगानले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा लिइ कामचलाउ बनाउन विज्ञप्ती जारी गर्न राष्ट्रपति कार्यालयबाट किन ढिलाई भएको भन्दै प्रश्न गरेका हुन् ।

साथै उनले पुष ५ गतेको संवैधानिक परिषद्को निर्णय र प्रतिनिधिसभा विघटन दुबै अवैधानिक तथा सरकार पनि अवैधानिक भएको पनि बताएका छन् । त्यसकारण प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने उनको धारणा छ ।

प्रधानमन्त्री ओलीको सिफारीसमा राष्ट्रपती बिद्यादेबी भण्डारीले संसद बिघटन गरेपछि चौतर्फि चर्काे बिरोध भईरहेका बेला ढुंगानाको यस्तो टिप्पणी सार्वजनीक भएको हो ।

उनले हा मुलुकमा भईरहेको राजनीतिक घनाक्रम प्रति टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले धेरै असंबैधानिक कृयाकलाप गर्दै आएको बताएका छन् ।

उनको ट्वीटः असंवैधानिकताको वर्तमान क्रम कतिसम्म ? पुष ५ गतेको संवैधानिक परिषद्को निर्णय अवैधानिक, प्रतिनिधिसभा विघटन अवैधानिक तथा सरकार पनि अवैधानिक । प्र.म.को राजीनामा लिइ कामचलाउ बनाउन विज्ञप्ती जारी गर्न राष्ट्रपति कार्यालयबाट किन ढिलाई ?