सामाजिक सञ्जाल

संग्रौलाको प्रश्नः प्रधानमन्त्रीले संसद विघटन गर्न कसरी पाउने भन्ने प्रश्नचैँ खोई ?

५ माघ, काठमाडौं । बुद्धिजिवि लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरालाई प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत संग्रौलाले यसकारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न कसरी पाउने भन्ने प्रश्नचैँ गरेको खोई ? भन्दै प्रश्न गरेका छन् ।

उनले चोलेन्द्रले आफ्नै पश्न आँफैले जपेझैँ गरी यसोभए, त्यसोभए बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न किन नपाउने भनेर विघटन बेठीक हो भन्ने हरेक वकिललाई उही प्रश्न गरेको प्रति रोष प्रकट गरेका छन् । साथै उनले किन यस्तो प्रश्न गरेका होलान भन्ने प्रश्न गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ेलीको सिफारीसमा राष्ट्रपतीले गरेको संसद बिघटनको मुद्धामा आईतबारदेखी संबैधानिक ईजलासमा सुनुवाई सुरु भएको छ । उक्त सुनुवाईका क्रममा प्रधानन्यायाधिस चोलेन्द्रको प्रश्नलाईै लिएर उनले यस्तो ट्वीट गरेका छन् ।

उनको ट्वीटः इजलास प्रमुख श्रीमान् चोलेन्द्रले आँफफ्नै पश्न हाँफैँले जपेझैँ गरी यसोभए,त्यसोभए बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न किन नपाउने भनेर विघटन बेठीक हो भन्ने हरेक वकिललाई उही प्रश्न किन सोधेका होलान् ? यतियति कारणले प्रमले संसद विघटन गर्न कसरी पाउने भन्ने प्रश्नचैँ खोई ?