पु.समाचार

आजको मौसमः आज तराईमा बाक्लो हुस्सु र कुहिरो

५ माघ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजकोको मौसम पूर्वानुमान गरेको छ । हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

पहाडी भू-भागमा मौसम आंशिक बदली रहने भएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार राति केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रदेश १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका हुन् । विशेष गरी देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका भूभागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नालाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लागेको छ ।

पानी नपर्दासम्म देशभरको मौसम सफा नहुने मौसमविद्ले बताएका छन् । मौसमविद् मञ्जु बासीकाअनुसार तत्काल पानी पर्ने सम्भावना नभएकाले मौसम सफा हुन अझै केही दिन लाग्ने देखिएको छ ।

बंगलादेश आसपासमा बनेको न्यूनचापीय प्रणालीले हल्का पानी पर्ने सम्भावना रहे पनि यसको प्रभाव नगन्यरुपमा मात्रै रहने उनले बताइन । पानी परेपछि मात्रै मौसम सफा हुने भएकाले केही दिन यो सम्भावना कम देखिएको मौसमविद्को भनाइ छ ।