आर्थिक

अशोक लेलैण्डको मेघा विन्टरसर्भिस क्याम्प २०२१

४ माघ, काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालितआइएमई मोटर्स प्रा. लि. द्धारा प्रवद्धित अशोक लेलैण्डले ‘मेघा विन्टरसर्भिस क्याम्प’ देशैभरी आफ्ना १३ सर्भिस सेन्टरहरुमालागु हुनेगरी आज बाट सुरु गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुलाई केन्द्रितगर्दै पार्टस र लुब्रिकेन्टमा ८ प्रितशत छुट, लेबर चार्जमा ३० प्रितशत छुटका साथसाथै ४५ पोइन्ट फ्रि चेक्अप पनि उपलब्ध हुने कम्पनीले बताएको छ । यस सर्भिस क्याम्पको दौरान ग्राहक वर्गहरुले विभिन्न आकर्षक उपहार साथै ड्राईभरहरुले सुरक्षित ड्राईभिङ्ग सम्बन्धी जानकारी पनिलिन सक्ने छन् ।

यो सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ । यो क्याम्पीङ्गमाग्राहकवर्गहरुले अशोक लेलैण्डका नेपालभरि रहेका जुनसुकै सर्भिस सेन्टरमागएर प्राप्तगर्न सक्ने छन् भने डिस्काउन्ट कुपनपनिप्राप्तगर्न सक्ने छन् ।

सुरक्षित गाडिका लागि जेन्यु अन पार्टस्प्रयोग गरौ भन्ने नारा का साथ सुरु भएको यस योजना माघ ४ गते देखी १५ गते सम्म मात्र लागु हुने छ । आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । देशभरविभिन्न पार्टस तथा सर्भिस आउटलेटबाट ग्राहकहरुमा सेवा प्रदान गर्न सफल मात्र नभइ उक्त गाडीहरुलाई चाहिने सर्भिस र स्पेयर पार्टस्सप्लाई पनिप्रयाप्तमात्रामागर्दै आएको छ ।