खेलकुद

प्रिन्स पुष्पलाल स्मृती ब्याडमिन्टनको फाईनलमा

४ माघ, काठमाडौँ । सिल्क ग्रुपका प्रिन्स दाहाल गोलबजारमा जारी योनेक्स सनराईज १० औ पुष्पलाल स्मृती राष्ट्रिय र्यङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । प्रिन्सले राष्ट्रिय बरियतामा एक नम्बरमा रहेका सेनाका रत्नजित तामाङ्ग माथि २१.१४, १५.२१, २१.१५ को जित निकाल्दै फाईनलमा स्थान बनाएका हुन् । प्रिन्सको रत्नमाथिको यो लगातार दोश्रो जित हो । लगातार आठ पटकका बिजेता रत्नलाई प्रिन्सलेले पराजित गरेका हुन् । यस अघि पनि प्रिन्सल् चौतारामा भएको सर्वाधिक रासीको प्रतियोगितामा पनि पराजित गरेका थिए । अव उनले फाईनमा उपाधीका लागि एपिएफका दिपेश धामीको सामना गर्नेछन् । धामीले सेनाका प्रफुल महर्जनलाई २१.१२, १८.२१, २१.१२ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगपालिका, सिराहाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला १२ बरियताको स्पर्धामा जेशिका गुरुङ्ग फाईनल प्रवेश गरिन् । एपिएफकी जेशिकाले भोजपुरकी पूर्व राष्ट्रिय च्याम्पियन तथा नम्बर एक खेलाडी नङ्गशल देवी तामाङ्गलाई २१.१३, २१.१५ ले पराजित गर्दै फाईनलमा हालकी राष्ट्रिय च्याम्पियन सेनकी रशिला महर्जनको सामना गर्ने भएकी छिन् । रशिलाले सेनाकै अमिता गिरी माथि २१.६, १८.२१, २१.१२ को जित निकालिन् ।

सुरोज र पविनको जोडी फाईनलमा

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र पविन लिनथेपको जोडी योनेक्स सनराईज १० औ पुष्पलाल स्मृती राष्ट्रिय ¥यङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा फाईनल प्रवेश गरेका छन् । क्वाटरफाईनलमा एपिएफका दीपेश धामी र बिजित थापामगरको जोडीलाई पराजित गर्दै सनसनी मचाएको महर्जनको जोडीले सेमिफाईनलमा सेनाकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीमाथी जित निकाल्दै उपाधी निकट पुगेको हो । सुरोज र लिनथेपको जोडीले १८.२१, २१.१५, २१.१३ को जित निकालेको हो । अव महर्जनको जोडीले सेनाकै नविन श्रेष्ठ र रत्नजित तामाडको जोडी संग प्रतिस्पर्धा गर्नेछ । रत्न र नविनको जोडीले बाँकेका ईरफान अन्सारी र धादिङ्गका सुदीप सेंढाईको जोडीमाथी २१.१०, २१.१६ को जित निकालेको हो ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगरपालिका, सिरहाको संयुक्त आयोजनमा भएको प्रतियोगिताको महिला युगलमा एफिएफका जेसिका गुरुङ्ग र सुनयना मुखियाको जोडी फाईनल प्रवेश गरे । जेसिका र सुनयनाको जोडीले बिराट ब्याडमिन्टन क्लबका रोज पाण्डे र सिमा राजबंशीको जोडी माथी समान २१.१५ को जित निकाले । यस्तै अर्को स्पर्धामा सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीले जित निकाल्यो । गिरी र महर्जनको जोडीले कैलालीका प्राथना देउवा र एलिना तिरवाको जोडीलाई २१.५, २१.८ ले पराजित गरेको हो ।

१६ बरियता बाहेकको पुरुष एकलमा कैलालीका देवराज राना र सेनाका दिवश शंकर उपाधीका लागि भिड्ने भएका छन् । देवराजले सेनाका डेभिड थापामगरलाई २४.२२, २१.१८ ले तथा शंकरले एपिएफका भेट्रान खेलाडी ईन्द्र बहादुर महतालाई २१.६, २१.१२ ले पराजित गर्दै फाईनल यात्रा पक्का गरेका हुन् । यस्तै महिलाको १२ बरियता बाहेकको एकल प्रतिस्पर्धामा कैलालीकी प्राथना देउवाले बिजय पाईन् । उनले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेलाई २१.१२, २०.२२, २१.१९ ले पाखा लगाईन् । अव देउवाले उपाधीका लागि झापाकी अञ्जना राईको सामना गर्नेछिन् । राईले एपिएफकी प्रक्षा राईलाई २१.१३, २१.११ ले पराजित गरिन् ।

ब्वाईज यु १७ एकलमा सेनाका भोज बहादुर गुरुङ्ग र आयुष्मान नागरी उपालीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । भोजले पाँचथरका एशिया जवेगुलाई २१.१४, १४.२१, २१.१४ले तथा आयुष्मानले १७.२१, २१.१९, २१.१७ ले पराजित गरे । गल्र्स १७ मा राष्टिय च्याम्पियन सेनाकी रशिला महर्जनले कैलालीका एलिना तिरवालाई २१.३, २१.१ को सहज जित निकालिन् । रशिलाले उपाधीका लागि बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेको सामना गर्ने छिन् । रोजले कैलालीकी प्राथना देउवालाई महिला एकलमा भएको हारको बदला लिंदै २१.१८, २१.१९ को सोझो सेटमा पराजित गरिन् ।

पुरुष भेट्रान्स ४५ बर्ष माथिको प्रतिस्पर्धामा चितवनका सुभाष श्रेष्ठ र बाँकेका अनिल लाखेको जोडी पाल्लाका बशन्त लाल बज्राचार्य र महेशमान बज्राचार्यको जोडीलाई २१.१५, २१.१७ ले पराजित गर्दै फाईनल प्रवेश ग¥यो । अव श्रेष्ठ र लाखेको जोडीले फाईनलमा पोखराका शोभाकर भंडारी र नविन पराजुलीकोे जोडी संग सामना गर्नेछन् । भंडारी र पराजुलीको जोडीले बिराटनगर ब्याडमिन्टन क्लबका जीवन बोगटी र डिल्ली राम डाँगीको जोडीलाइ २२.२०, २१.१८ ले पराजित गर्दै फाईनलमा स्थान बनाएका हुन् ।