प्रदेश 1

चक्रघट्टी जेसिसको अध्यक्षमा भट्टराईसहित यस्तो समूह भयो बिजयी

सुबिन विश्वकर्मा, ४ माघ, चक्रघट्टी, चक्रघट्टी, सुनसरी । नेतृत्व र ब्यक्तित्वको अग्रणी संस्था चक्रघट्टी जेसीजको वर्ष २०२१ को अध्यक्षमा तिर्थराज भट्टराई निर्वाचित भएका छन् ।
थुप्रै सहमतिको प्रयास गर्दासमेत सहमति हुन नसकेको चक्रघट्टी जेसीजमा तिर्थराज भट्टराई र अनिल ठाकुरबीच निर्वाचन भएको निबर्तमान अध्यक्ष सन्तोष चौलागाईंले बताए । शनिबार भएको चुनावमा भट्टराईले कुल ४९ खसेको मतबाट १९ मतान्तरले बिजयी भएका हुन् ।
त्यस्तै, कार्यकारी उपाध्यक्षका लागि सुरेन्द्र श्रेष्ठ, दिपक रौनियार, महेश घिमिरे सुरज र सन्जय राउतको उम्मेदवारी परेकोमा महेश घिमिरे सुरज र सन्जय राउत विजयी भए ।
उपाध्यक्षहरुमा नोना ढुंगेल, प्रबिण बुढाथोकी, सुजन ढकाल र मनोज योन्जन तामाङ निर्वाचित भए । जसमा सुजन ढकाल, प्रबिण बुढाथोकी, नोना ढुङेल, अर्पना बस्नेत, छबिना मगर, राजेन्द्र खड्का, मनोज योन्जन तामाङको उम्मेदवारी थियो ।
जेसीजको कानुनी सल्लाहकार, तालिम संयोजक, महासचिव, सचिव लगायतका पदको मनोनयनसहित कार्यसमिति संचालित हुने छ । विजयी भएपछि अध्यक्ष भट्टराईले आफ्नो कार्यकालमा ८० जना मतदाता बनाउने लक्ष्य रहेको बताए । उनले आफ्ना निकटतम प्रतिद्वन्दी अनिल ठाकुरलाई सम्मान गर्ने समेत प्रतिबद्धता जनाए ।
चक्रघ्ट्टी संस्थापक निश्चल बस्नेत हुन् ।