राजनीति

योगेस भट्टराईको प्रधानमन्त्री ओलीलाई जवाफः तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो

४ माघ, कामठाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गतिलो जवाफ दिएका छन् ।

ओलीले काठमाडौंमा शनिबार आयोजित प्रदेश नम्बर १ को सम्पर्क कमिटीको भेलामा योगेशको नाम उच्चारण नगरी आफूले मन्त्री बनाउँदा ‘लात्ति’ हानेको बताएका थिए । “म कुनै बैगुनी केटा केटीको बारेमा कुरा गर्न चाहन्न । हाम्राबीचमा पनि त्यस्ता देखिएका छन् । दौडीदौडीकन गएर भोट मागरे यो केटालाई जिताएर पठाउनुस् । मन्त्री बनाएर पठाइदिन्छु । मन्त्री बनाइयो । एक दिन त पुक्क लात्तिले हानेर भाग्यो । को भनेर हेरेको त उही केटो,” ओलीले भनेका थिए । 

नेता भट्राईले ट्वीट गर्दै ओलीको स्तर थाहा पाएको पनि बताएका छन् । उनले केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था ओलीले कुर्सीप्राप्त गरेकोबताएका छन् ।

उनको ट्वीटः केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउदा मलाई दुस्ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।