प्रदेश 1

बराहक्षेत्रले शक्ती प्रदर्शनपछि नेकपाका मुख्यमन्त्री शेरधन निकट दर्जनौलाई भित्र्यायो काँग्रेसमा

संगम बिष्ट/चक्रघट्टी, सुनसरी । शनिवार एकै दिन नेपाली कांग्रेसले देशका ७ सय ५३ वटै स्थानीय तहमा कम्युनिस्ट सरकारको कदम बिरुद्ध शक्ति प्रदर्शन सहित बिरोध सभा आयोजना गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार वराहक्षेत्र नगरपालिकाको चक्रघट्टिमा पनि कांग्रेसले शक्ती प्रदशन सहित बिरोध सभाको आयोजना गरेको हो ।
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिगठनलाई असैंवधनिक कदमको संज्ञा दिदैं पुनः सदनलाई स्थायित्व गराउन सरकारलाई दवाब स्वरुप वराहक्षेत्रले वडा नं ६ को चक्रघट्टी स्थित बुधबारे चौकमा बिरोध सभा आयोजना भएको थियो ।
बिरोध प्रदर्शन कार्यक्रममा प्रमुख वक्ता नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले कम्युष्टले आफ्नो चुनाबि प्रतिबद्धता अनुसार काम गर्न नसकेको बताए । उनले फुस्रा भाषण र अनैतिकता कुरा गरेर हिड्ने कम्युनिस्ट सरकारको बिश्वासमा अव जनता पर्नु नहुने बताए । नालायक सरकारले कुनै पनि जनताको हितमा काम नगरेको उल्लेख गर्दै अव यस्तो बकुमपुसे कुरामा नअल्जिन समेत आब्हान गरे। उनले भने जनताको हितको लागि सदैब काङ्ग्रेस छ । उनले कम्युनिस्ट पाटिलाई जनताले दिएको दुई तिहाई बादरको हातमा नरिवल जस्तै भएको बताए ।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि शुशिला खनाल पौडेल, महासमिति तथा राज्य प्रशाशन केन्द्रीय बिभाग सदस्य बाबुराम बिष्ट, महासमिति तथा महिला संघ केन्द्रीय सदस्य अनु गुरुङ्ग, नेपाली कांग्रेस जिल्ला सदस्य दिपेशजंग बस्नेत, नगर सहसंयोजक जगदबहादुर कार्की, नेपाली कांग्रेस नेविसंघ नेता प्रतीक राई, नेपाली कांग्रेस नगर सह–संयोजक रत्नबहादुर राउतलगायतका पक्ताहरुले आफ्नो धारणा राखेका थिए ।

सभा हुनु भन्दा पुर्व सहभागी सहित नेता, कार्यक्रता बुधबारे चौकमा भेला भएर, आइतवारे चौक, सिनेमा हल हुँदै साकेला पार्क, महेन्द्र गेट, मुनाल चौक, बस स्टेन पुगेर राँगा चौक हुँदै पुर्न बुधबारे चौकमा आएर सभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले कम्युनिस्ट सरकारको कदम बिरुद्ध चर्को नारा समेत लगाएका थिए । संबिधानको बिरुद्ध असंबैधानिक संसद बिगठन केपी अलीको सनकले जनताको आन्दोलनबाट प्राप्ति उपलब्धिहरु खतरामा भरेको भन्दै सरकारसंगै कम्युनिस्ट पार्टी बिरुद्ब नाराबाजि गरेका थिएका थिए ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम केपी ओली सरकारले ससद बिगठनको कदमलाई असवैधानिक ठहर गर्दै यसअगाडि एकैदिन ७७ वटै जिल्ला, १६५ र पौष २५ गते एकै दिनको देशको ३ सय ३० वटै प्रदेश सभा क्षेत्रमा सभा आयोजना सम्पन गरेको थियो । माघ ८ गते सबै पालिकाको ६ हजार ७ सय ४३ वटै वडाहरूमा विरोध सभा गर्ने तालिका रहेको छ ।

नेकपाका दर्जनौ काँग्रेस प्रवेश
नेपाली कांग्रेस छाडेर तत्कालीन नेकपा एमाले प्रवेश गरेका वराहक्षेत्र ७ का सन्तकुमार राई र वराहक्षेत्र ८ का चित्र राई सहित ३० जना नेपाली कांग्रेसमा पुनः प्रवेश गरेका छन् ।
तरुण दल, नेपाल बिद्यार्थी संघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका सन्त राई २०७४ चैत्र ३० गते मुख्यमन्त्री सेरधन राईको हातबाट टीका लगाउदै तत्कालीन एमालेमा प्रवेश गरेका थिए । उनी त्यो समय नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि थिए भने चित्र राई १२ औं महाधिवेशनमा नेपाली कांग्रेस साबिक महेन्द्रनगर इकाई सभापतिको उमेदवार भनेका थिए । उनी पनि महाधिवेशन पछि तत्कालीन एमालेमा गएका थिए ।
हाल नेपाल आदिवासि जनजाति महासंघ वराहक्षेत्रको अध्यक्ष सन्त रहेका छन् । भन्ने चित्र किरात राई यायोख्यामा क्रियासिल छन् । दुई राई सहित बिकाश पोखरेल लगाएका ३० जनालाई चक्रघटीमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सहितका स्थानिय नेताहरुले टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
पाटी प्रवेश पछि बोल्दै सन्त र चित्र राई आफ्नो पुरानो घरमा फर्कदा खुसी लागेको बताए । नेकपाबाट प्रवेश गर्नेहरुले नेकपामा लागेर बिना काम आफूहरुले समय बर्बाद गरेको भन्दै काँग्रेसको नेतृत्वको सरकारले मात्र देशको काँचुली फेर्नसक्ने हुँदा आफूहरु बिना शर्त काँग्रेस प्रवेश गरेको बताएका थिए । उनीहरुले नेकपामा भ्रष्टाचारको सीमा नाघेको, राजनीतिका नाममा गुणगर्दी हावी भएको, मुलुकको भन्दा आफ्नो र आफ्नो परिवारको उननतीको मात्र सोच भएकोलगायतका दर्जनौं आरोप लगाएका थिए ।