राजनीति

सरकारतिर भन्दा जनतालाई कोरोनाबाट बचाउनतिर लाग्नु काँग्रेसको ध्यान हुनुपर्छः गगन थापा

३ माघ, ललितपुर । नेपाल कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले संसद् विघटन गर्न नपाउने जिकिर गरेका छन् । नेपाली कांग्रेस, महाङ्काल गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले भने, “पाँच वर्षसम्म संसद् विघटन गर्न पाउने व्यवस्था छैन । यदि संसद्ले सरकार नै दिन सकेन भने मात्र विघटन गर्न पाउने अधिकार छ ।” सरकारतिर भन्दा हाल नागरिकलाई कोभिडको भ्याक्सिन लगाएर बचाउन आवश्यक रहेको थापाको मत थियो ।
कांग्रेसका नेता तथा पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणाले मुलुक कोभिडको मारमा परिरहेको अवस्थामा विभिन्न राजनीतिक विषय उठाउन नहुने बतए । ललितपुर जिल्ला समितिका सभापति मदनबहादुर अमात्यले प्रजातान्त्रिक संस्कारमा अरूको विचार लाद्न नपाउने भएकाले सबैको मूल्य र मान्यतालाई ख्याल गरी अघि बढ्नुपर्नेमा जोड दिए ।