राजनीति

गणतन्त्रका संवाहकहरूको परस्पर आरोप-प्रत्यारोपको भाषा/शैली/स्तरले गणतन्त्रमाथी नै जनतामा घृणाः अध्यक्ष थापा

३ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले गणतन्त्रका संवाहकहरूको परस्पर आरोप-प्रत्यारोपको भाषा/शैली र स्तरले गणतन्त्रमाथी नै जनतामा घृणा पैदा गरेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले यस्तो बताएका हुन् । अध्यक्ष थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघियताका संवाहकहरूको परस्पर आरोप-प्रत्यारोपको भाषा/शैली र स्तरले राजनीतिक प्रणालीमाथी नै जनतामा वितृष्णा र घृणा पैदा गरेको बताएका हुन् ।

उनले स्वार्थगत आधारमा संविधान,न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरी रहेको धारणा व्यक्त गरेका छन् ।

उनको ट्वीटः गणतन्त्र, धर्म निरपेक्षता र संघियताका संवाहकहरूको परस्पर आरोप प्रत्यारोपको भाषा/शैली/स्तरले राजनीतिक प्रणालीमाथी नै जनतामा वितृष्णा र घृणा पैदा गरेको छ । स्वार्थगत आधारमा संविधान,न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरी रहेछन् ।