राजनीति

पौडेलको आह्वानः संसद पुनस्थापना नभए अनर्थ हुन्छ, गाउँ–गाउँबाट दबाब दिऔं

२ माघ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले असंबैधानिक रुपमाभएको प्रतिनिधि सभा बिघटन बिरुद्ध देशभर जनताले प्रदर्शन गर्नुपर्ने बताएका छन् । उनले भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले पनि संबिधान मिच्दै राजनीतिक निर्णय गरेको भनेको भन्दै मुलुकलाई राजनीतिक अस्थिरतातिर धकेल्ने प्रयास भईरहेको भन्दै त्यसलाई समयमा नै सच्याउनुपर्ने नत्र मुलुकमा अनर्थ हुने हुँदा नेपाली कँँग्रेसले ७५३ वटै स्थानीय तहमा गरेको प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।
नेपाली काँग्रेसले औपचारिक रुपमा नै पौष २५ गते, माघ ३ र माघ ८ गते प्रदेश, स्थानीय तह र वडामा क्रमशः देशभर प्रदर्शनको घोषणा गरेको बेला भोली माघ ३ गते गरिएको ७५३ वटै वडाको प्रदर्शनमा सहभागी हुन नेता पौडेलले आह्वान गर्दै सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिएका छन् ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार गरिएको ओली सरकारको अलोकतान्त्रिक र असंबैधानिक कदको गाउँरनगर बाटै जुटेर विरोध गरौँ भन्दै अबैधानिक, असंबैधानिक ओली सरका बिरुद्ध उत्रिन आह्वान गरेका छन् । ७० बर्ष लगाएर संबिधान सभाबाट तयार गरिएको संबिधानमाथी भएको प्रहारलाई बचाउनुपर्ने कारण त्यसको बिरोध गर्नु आफूहरुको बाध्यता भएको बताए ।आ–आफ्नो गाउँ र टोलबाट संबिधान बिरोधी कदमको बिरोध गर्न सबैलाई एकजुट हुन पौडेलले आह्वान गरेका छन् ।