स्वास्थ्य

आज ४०३ जना थपीए कोरोना संक्रमित, ६ जनाको कोरोनाबाट निधन

माघ १, काठमाडौं । पछिल्लो २४ घण्टामा ४०३ जनामो कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पुरुष २४२ र १६१ महिला गरी जम्मा उक्त संक्रमण पुष्टी भएको हो । यससंगसँगै अहिलेसम्म २ लाख ६६ हजार ५४६ जना देशभर संक्रमित पुगेका छन् । यस समयमा ४०५ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
यस समयमा कोरोनाका कारण ६ जनाले निधन हुनुपरेको छ । अजको निधन पछि कोरोनाबाट नेपालमा निधन हुनेको संख्या एक हजार ९४३ पुगेको छ । देशभर सकृय संक्रमितको संख्या ४ हजार ४२६ रहेको छ । नेपालले कोरोना नियन्त्रणमा खासै प्रभावकारी नियन्त्रण प्रयास नगरेपनि कोरोना नियन्त्रण हुँदै गएको देखिन्छ ।