पु.समाचार

प्रचण्ड/माधवजस्ता पदलोलुपभन्दा सत्यकुरा बोल्ने ओली नै ठीकः संग्रौला

१ माघ, काठमाडौं। लेखक तथा राजनीतिक बिश्लेशक खगेन्द्र संग्रौलाले नेकपा अध्यक्ष पुष्पकमल दहाल र माधव कुमार नेपाल सत्तालोलुपभन्दा त सत्तालोलुप ओली नै असल भन्ने प्रतिकृया दिएका छन् ।
संग्रौलाले ट्वीट गर्दै भष्मासुर ओलीका तरबारको तोडले सत्ता यिनको पहुँचदेखि सात डाँडापारि पुग्या छ। तैपनि पुकदा–माकुनेले देउवालाई सत्ता साझेदारी गर्न हरियो घाँस देखाएको बिषयलाई जोड्दै उक्त कुरा बताएका हुन् । उनले, ‘ओली ढाँट्दैनन्, ओलीका यी कार्बन कपी ढाँट्न असफल प्रयास गर्छन्। हैट्, हल्लुँड हो भन्दै कडा ब्यंग्य गरेका छन् ।’
संग्रौलाको ट्वीटः भष्मासुर ओलीका तरबारको तोडले सत्ता यिनको पहुँचदेखि सात डाँडापारि पुग्या छ। तैपनि पुकदा–माकुनेले देउवालाई सत्ता साझेदारी गर्न हरियो घाँस देखाएछन्। यी सत्तालोलुपभन्दा त सत्तालोलुप ओली नै असल। ओली ढाँट्दैनन्, ओलीका यी कार्बन कपी ढाँट्न असफल प्रयास गर्छन्। हैट्, हल्लुँड हो!