उर्जा

माउन्टेज इनर्जीको सातौं वार्षिक साधारण सभा सम्पन्न, एक जना सञ्चालक नियुक्त

१ माघ, काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले सातौं वार्षिक साधारण सभा सम्पन्न गरेकोे छ । कम्पनीको पौष २७ गते आम्रापाली ब्याङक्वेट क्याटरिङ्ग एण्ड इभेन्ट, भाटभटेनी, कठमाडौंमा सम्पन्न साधारण सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्वगर्ने गरी शेयरधनी रचना अधिकारीलाई सञ्चालक पदमा नियुक्त गरेको छ ।

कम्पनीले संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ आसाढ मसान्तको वासलाततथा सोहि मितिमा समाप्तआ.व. २०७६/०७७ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

उक्त साधारण सभाले आ.व. २०७७/०७८ मा लेखा परिक्षण कार्य गर्नका लागि बि.आर.पाण्डे एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्ने तथानिजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

साथै सभाले अध्यक्षतथा संचालकहरुलाई प्रति बैंठक ५ हजार भत्ता समेत उपलब्ध गराउने प्रस्ताव समेत पारित गरेको छ ।