सामाजिक सञ्जाल

चुनावमा अर्बाैं खर्च गर्ने सरकारले कोरोना खोपकालागि चन्दा माग्नु लज्जास्पदः कांग्रेस

१ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चुनावमा अर्बाैं खर्च गर्ने सरकारले कोरोना खोपकालागि चन्दा माग्नु लज्जास्पद भएको टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले सामाजिक सञ्जाल ट्वीटमा एक स्टाटस राख्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले ओली सरकारले खोप ल्याउन आर्थिक अभाव भएको भन्दै सार्वजनिक रुपले चन्दाको बिज्ञापन छाप्ने, भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्ने तर अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गरेको भन्दै कटाक्ष गरेका छन् ।

प्रवक्ता शर्माले जनताको जीवन रक्षा भन्दा जनताको भोट अपेक्षा, जब प्रधान हुन्छ तब त्यो सत्ता जनताको नभएको, अलोकतान्त्रिक भएको र अमावीय भएको बताएका छन् ।

कांग्रेसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै कोरोणा खोपका लागि खोप कोषमा रकम सहयोग गर्न भन्दै अपिल गरेको प्रति आपत्ति जनाउँदै यस्तो प्रतिक्रिया जनाएकोे हो ।

उनको ट्वीटः खोप ल्याउन सरकार सार्वजनिक रुपले चन्दाको बिज्ञापन छाप्छ ! भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्छ तर अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गर्छ ! जनताको जीवन रक्षा भन्दा जनताको भोट अपेक्षा, जब प्रधान हुन्छ, बुझ्नुपर्छ त्यो सत्ता जनताको होइन, न लोकतान्त्रिक हो न मानवीय !