आर्थिक

युनाईटेड फाइनान्सको छब्बिसौ वार्षिक साधारणसभा सम्पन्न

२९ पुस, काठमाडौँ । युनाईटेड फाइनान्स लिमिटेडको छब्बिसौ वार्षिक साधारणसभा यही पौष २९ गते बुधबार युनाईटेड फाइनान्स लिमिटेडको सभाकक्ष दरवारमार्ग काठमाण्डौमा बिहान ११ः३० बजेदेखि ZOOM मार्फत भिडियो काफरेन्सिङद्धारा सम्पन्नभयो ।
संस्थाको सञ्चालक समितिकाअध्यक्ष बसन्तकुमार चौधरीले ZOOM मार्फत नै अध्यक्षता गरेको उक्तकार्यक्रममा सञ्चालकहरु विष्णु कुमार अग्रवाल, बेनीगोपाल मुन्दडा, मनिष खेमका, के.आर.बिजिमोन, रोशनअधिकारी, मतिप्रभा पाण्डे साथै प्रमुखकार्यकारी अधिकृत अजयकुमार मिश्रलगायत संस्थाका उच्चपदस्थ अधिकारीहरु, लेखा परिक्षकहरु, कानुनी सल्लाहकार एवम् नियमनकारी निकायबाट पाल्नुभएका अतिथिहरुको उपस्थिति रहेको थियो ।
संस्थाका प्रमुखकार्यकारी अधिकृत तथाकम्पनी सचिव अजय कुमार मिश्रले दिएको जानकारी अनुसार उक्त साधारण सभामा संस्थाको चुक्तापुँजीको करिब ८१प्रतिसत प्रतिनिधित्व हुने गरी सेयरधनीहरुका प्रोक्शी मार्फत, भौतिक तथा Virtual उपस्थिती रहेको थियो ।उक्त साधारण सभाले आ.ब. २०७६/७७को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,संस्थाको लेखापरिक्षण प्रतिवेदन सहितको आ.व.२०७६/७७को वार्षिक वित्तियविवरणहरु पारित ग्यो । संस्थाले आ.व. २०७७/७८ को लेखापरिक्षण गर्नको लागि संस्थाको लृखापरिक्षण समितिबाट सिफारिस गरिए बमोजिम लेखापरिक्षक SAR Associates लाई पुननियुक्ती गरेको छ । सभामा सेयरधनीहरुले उठाएका विभिन्न जिज्ञासा तथा सुझावहरुका सम्बन्धमा सञ्चालक समितकाअध्यक्ष र प्रमुखकार्यकारी अधिकृतले जवाफ दिएका थिए ।