राजनीति

‘दौड’ र ‘सिट्ठी जुलुस’ का लागि नेविसँघ केन्द्रले पठायो ७७ वटै जिल्लालाई परिपत्र

२९ पौष, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेविसंघले पार्टीले घोषणा गरेको माघ ३ गते र माघ ८ गतेको स्थानीय तह र वडास्तरको नेकपा अध्यक्ष केपी शर्मँ ओली नेतृत्वको सरकार बिरुद्धको प्रदर्शनलाई सफल पार्न सहभागी हुन परिपत्र गरेको छ ।
नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले एक बिज्ञप्ती जारी गर्दै माघ २ र ७ गते नेविसंघद्वारा ७७ वटै जिल्लामा आयोजित ‘दौड जुलुस’ र ‘सिट्ठी जुलुस’ भब्यताका साथ सफल पार्न आग्रह गरेका छन् ।
अध्यक्ष ढुंगानाले बिज्ञप्ती जारी गर्दै भनेका छन्, ‘माघ ३ र माघ ८ गते नेपाली कांग्रेस द्वारा आयोजित विरोध कार्यक्रम भब्य सहभागिता जनाई सफल पारौं, माघ २ र माघ ७ गते नेविसंघ द्वारा ७७ वटै जिल्ला मा आयोजित ‘दौड जुलुस! र ‘सिट्ठी जुलुस’ भब्यताका साथ सफल पारौं, लोकतन्त्र र संविधानको रक्षार्थ आवाज वुलन्द गरौं !!! जय नेपाल !!!’
उनले जारी गरेको विज्ञप्ती