राजनीति

पार्टीको नाम र सूर्य चिन्ह हाम्रो भएन भने आँधीहुरी आउँछः अध्यक्ष प्रचण्ड

२९ पौष, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले काम गर्न नदिएको प्रमाण दिन चुनौती दिएका छन् । काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका संसदीय दलका नेतासमेत रहेका अध्यक्ष दहालले भारतले संसद भंग गर्न लगाएको हो भन्ने प्रश्न गर्दै नेपपाको एकीकरण हावा तालमा नगरिएको दाबी गरेका छनन् ।
पुर्वप्रधानमन्त्तीसमेत रहेका अध्यक्ष दहालले भने, ‘पार्टीले मलाई काम गर्न नदिएको हुँदा संसद् विघटन गरेँ भन्ने दाबी गर्दै आउनु भएको छ । पार्टीले कहाँ घेराबन्दी गर्‍यो ? पार्टीले कुन काममा बाधा हाल्यो । एउटा प्रमाण दिनुस्, चुनौती दिन चाहन्छु केपी ओलीलाई ।’ अध्यक्ष दहालले ढुक्क हुँदै भने ‘निर्वाचन आयोगको तर्फबाट विधिसम्मत हुन्छ, ढुक्क हुनुस् भन्नु भएको छ । पार्टीको नाम र सूर्य चिन्ह हाम्रै हुन्छ । यदि त्यस्तो भएन भने यहाँ आँधीहुरी आउँछ’ उनले निर्बाचन आयोगले निस्पक्ष निर्णय गर्ने भन्दै त्यसको आफूलाई भरोसा भएको जिकिर गरे ।

अध्यक्ष दाहालले आक्रोश पोख्दै भने, ‘केपी ओलीको दिमागमा बाहेक यस्तो अन्त हुन्न । जहिले पनि बैठकबाट भाग्ने उहाँ । पछिल्लो बैठक हामी जो बस्यौं त्यो केपी ओली समेतको सहमतिसहितको बैठक हो । त्यो बैठक छोडेर, विधान मिचेर, तानाशाही रुपमा पार्टीलाई लात हानेर हिँड्ने भगौडा नहुने, लाजघिन भन्ने मानिसमा हुनुपर्छ ।’