राजनीति

अब शेरबहादुर, रामचन्द्र वा सिटौलाको गुटको भन्दा नीतिको राजनीति जरुरीः डा संगौला

२९ पौष, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले विपी कोईरालाले सबैको बस्ने घर हो, कोही भोका नांगा नहुन् भनेको सबैले सम्झनुपर्ने बताएकी छन् । नेतृ डा संग्रोलाले पार्टी चुस्तदुरुस्त हुनुपर्ने विचार ब्यक्त गर्दै नेपाली काँग्रेसले अब शेरबहादुर, रामचन्द्र वा सिटौलाका मान्छेभन्दा काँग्रेसका सक्षम, पुराना नेता कार्यकर्तालाई अगाडी ल्याउनुपर्ने बताएकी छन् ।
नेतृ डा संगौलाले पार्टीभित्र लगानी गर्नेलाई मूल्याँकन गर्ने परिपाटी नभए राम्रो नहुने भन्दै बिधिसम्मत रुपमा अगाडी बढ्न तलदेखी माथीसम्म सबैले चल्नुपर्ने बिचार ब्यक्त गरेकी छन् । उनले कम्युनिष्टले एक घर एक रोजगार, आफ्नो गाउँ आफैं बनाऔं, बृद्ध भत्ता, चौक कौकमा रेल घरघरमा तेल लगायतका जनताले नबुझ्ने एजेण्डा लयाएर जनता झक्किएको बताईन् । आफ्नो सभापति शेरबहादुर देउवाले कुनैबेला कम्युनिष्टले जितेमा चुँ बोल्न पनि पाईदैन भनेको स्मरण गर्दै जनताका लागि पुष्टी हुँदै गएको बताईन् ।
उनले काँग्रेसभित्र बेला बेलामा प्रशिक्षण जरुरी भएको बताउँदै प्रशिक्षण लिनेदिने कार्यमा काँग्रेस पछाडी परेको बताईन् । उनले अबको काँग्रेस नेतृत्वमा भन्दा नीतिमा केन्द्रीत हुनुपर्ने भन्दै काँग्रेसले यो समयमा एकढिक्का भएर अगाडी बढ्नुको बिकल्प नभएको बताए ।
नेतृ संग्रौलाले निर्मला पन्तका बलात्कारी काहाँ छिन् भन्ने प्रश्न प्रधानमन्त्री ओलीलाई सोध्दै उनले प्रधानमन्त्रीले निर्मला पन्तका बलात्कारी र हत्यारा खोई भन्नेलाई पक्राउ गर्नु दुःखद भएको बताईन् । उनले कोरोनाको कहरका बेला जनतालाई औषधि उपचार र पीसीआर परीक्षण गर्न नसकेको बताईन् । उनले मौलिक अधिकारको हनन् गरेर सरकारले लोकतन्त्रमाथी हनन गरेको बताईन् ।
डा संग्रोलाले काँग्रेसले आफ्नो स्पष्ट मार्गचित्र दिनुपर्ने भन्दै काँँग्रेसको ढुलमुले भन्दास्पष्ट मार्गचित्र हुनुपर्ने बताईन् । २०१२ सालमा नेपाली काँग्रेसले प्रजातान्त्रीक समाजबादको मार्गचित्र बनाएकोलाई अहिलेपनि सान्दर्भिक भएको बिचार व्यक्त गरिन् । उनले जलस्रोत, उद्योग, पर्यटनलगायतमा स्पष्ट प्रभावकारी नीति काँग्रेसलाई जरुरी भएको भन्दै चुस्त दुरुष्त संगठनबिना काँग्रेस बलियो हुननसक्ने बताईन् ।