आर्थिक

कामना सेवा विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न

२९ पुस, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको चौधौंवार्षिक साधारणसभा मिति २०७७ सालपुस २९ गते बुधबारका दिन काठमाडौं बूढानील कण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सफलता पुर्वक सु–सम्पन्न भएको छ ।
कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित कानून अनुसार बोलाइएको वार्षिक साधारण सभा कोभिड–१९ को प्रभावको कारण नेपाल सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्डको पालनागर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिएको थियो । साधारणसभामा बैंकको चुक्ता पूँजीको झण्डै ६०प्रतिशतभन्दा बढी शेयरधनीको प्रतिनिधित्व हुने गरी ३७ जना शेयरधनीको स्वयम् उपस्थिति रहेको थियो भने १०० जनाभन्दा बढी शेयरधनीहरु Zoom Webinar मार्फत जोडिएका थिए ।
साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी २,५४,०१,९५,३५२.०२ को ४.४० प्रतिशतका दरले हुने रकम ११,१७,६८,३७९.५७बोनस शेयर वितरण गर्ने र सोमालाग्ने कर प्रयोजनका लागि ०.२३प्रतिशतअर्थात ५८,८२,५४६.२९ बराबरको लाभांश कर प्रयोजनार्थ समेत गरी कुूल ४.६३ प्रतिशत लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
बैंकले आ.व. २०७७/०७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षकजि.पि. राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई पूननियुक्ति गरेको छ ।उक्त सभामा बैंककाअध्यक्षसुदिपआचार्यले सञ्चालक समितिको वार्षिकप्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७६/०७७कोवासलात, नाफा/नोक्सानहिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिकतथा बैकिङ्ग क्षेत्रकोअवस्थातथाचालु आर्थिक वर्ष २०७७/०७८ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्तविवरणर भावी कार्ययोजना प्रस्तुत गरेका थिए । यससंगै कोभिडको प्रभाव कम हुंदै गई आर्थिक गतिविधिहरु सामान्य अवस्थामा चलायमान हुंदै गएको हुनाले शाखा सञ्जाल, बैंकि¨ कारोबारको संख्यामा भएको उल्लेख्य बृद्घि, कर्जा तथानिक्षेपमाभएको वृद्धि, डिजिटाइजेसनमा गरेको दिगो लगानी, बजारमा बैंकले पारेको प्रभाव तथा साख आदिको कारण आगामीवर्ष राम्रो प्रतिफल प्रदान गर्नेमा विश्वस्त रहेको समेत जानकारी गराए ।त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमअनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरीकार्यक्रम संचालन गरेका तथा यस बैंकको भावी रणनीति प्रस्तुतगर्दै यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।
बैंक सञ्चालक समितिका अध्यक्ष सुदिपआचार्यको अध्यक्षतामा बसेको साधारण सभामासञ्चालक भिम प्रसाद तुलाचनले शेयरधनीहरु लगायतउपस्थित सबैलाई मन्तव्यमार्फत स्वागतरेका थिए भने सञ्चालक देवकृष्ण काफ्लेले धन्यवाद ज्ञापन गरेका थिए । उक्तकार्यक्रमको सञ्चालन कम्पनी सचिव हरि प्रसाद लम्सालले गरेका थियो ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीयकार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा१२४ वटा शाखातथा१ विस्तारित शाखा साथै ६६ वटा ब्त्ःमार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, Online Account Opening, Social Media Banking, SMS Banking, Mobile Banking, C-ASBA, Smart Teller Internet Banking, Connect IPS, E-wallet Load लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।