राजनीति

नेकपा दाहाल–नेपाल समुहको बृहत कार्यकर्ता भेला काठमाडौंमा

काठमाडौं पौष २९ । संसद बिघटनका बिरुद्धमा आन्दोलन रत नेकपाको पुष्पकम दाहाल– माधवकुमार नेपाल पक्षले आज काठमाडौंमा बृहत कार्यकर्ता गर्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरीसमा राष्ट्रपती विद्यादेबी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न बिरोधका कार्यक्रमहरु गर्दै आएको छ ।

सोहीअनुसार उक्त समुहले आज दिउँसो नेपाल प्रज्ञा-प्रतिष्ठानामा बृहत् कार्यकर्ता भेलाको आयोजना गर्न लागेको हो । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेलालाई दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्दै छन् । नेकपाले हिजो गण्डकी प्रदेशमा कार्यकर्ता भेला गरेको थियो ।

यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेपछि प्रचण्ड–नेपाल र ओली समूहले छुट्टाछुट्टै भेला गरिरहेका छन् । पार्टी दुई भागमा विभाजित भएपनि कानुनि रुपमा भने अँझै अगल्गीएका छैनन् ।

साथै ओलीले गरेको असंबैधानीक संसद बिघटनको बिरुद्धमा परेको रिट निवेदनमा आज सर्बाेच्च अदालतमा सुनुवाई हुँदै छ ।