सामाजिक सञ्जाल

भारतिय पत्रकारको अभिव्यक्ति प्रति नेता गुरुङको टिप्पणीः ओली राष्ट्रवादको बस्त्र छिनभरमै च्यातियो

२९ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले भारतिय पत्रकारको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् ।

भारतिय जी न्युज च्यानलका प्रधानसम्पादक सुधीर चौधरिले नेपालको सगरमाथामा भारतले दाबी गर्नुपर्ने भन्दै दिएको अभिव्यक्तिले ओलीको राष्ट्रवादको बस्त्र छिनभरमै च्यातिएको कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले गोयलले प्रधानमन्त्री ओलीलीको राष्ट्रवादको वस्त्र दिल्ली पुर्यार्एपछि निर्वस्त्र बनेका ओलीलीले दिल्लीले फिर्ता पठाएको वस्त्र लगाएर जी न्युजलाई अन्तरबार्ता दिएको बताएका छन् ।

तर ओलीले कालापत्थर पुर्याएको जी न्युज टिमले सगरमाथामाथि भारतले दावी गर्नुपर्छ भनेपछि ओलीलीको राष्ट्रवादको वस्त्र छिनभरमै च्यातिएको उनको कटाक्ष छ ।

प्रधानमन्त्री ओलीको सरकारी निवासमै पुगेर चौधरिले अन्तवार्ता लिएपछि चौधरिले यस्तो बताएका थिए जस्को अहिले चौतर्फि आलोचना भएको छ ।

उनको ट्वीटः गोयलले प्र.म. ओलीलीको राष्ट्रवादको वस्त्र दिल्ली पुर्यार्एपछि निर्वस्त्र बनेका ओलीलीले दिल्लीले फिर्ता पठाएको वस्त्र लगाएर जी न्युजलाई अन्तरबार्ता दिए । तर ओलीले कालापत्थर पुर्याएको जी न्युज टिमले सगरमाथामाथि भारतले दावी गर्नुपर्छ भनेपछि ओलीलीको राष्ट्रवादको वस्त्र छिनभरमै च्यातियो ।