अन्तर्राष्ट्रिय

भारतिय जी न्युजकोे आपत्ति पुर्ण प्रतिक्रिया, भन्छः सगरमाथामा भारतले दाबी गर्नुपर्छ

२९ पुष, काठमाडौं । भारतिय न्युज च्यानल जी न्युजले नेपालको सगरमाथालाई लिएर आपत्तीपुर्ण प्रतिक्रिया दिएको छ ।

जी न्युजका प्रधानसम्पादक सुधीर चौधरिले नेपालको राष्ट्रियतामाथि आघात पुग्नेगरी नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै न्युज च्यानलबाट रिपोर्ट प्रसारण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसंग इन्र्टभ्यु लिएर सगरमाथाको भ्रमणमा निस्केका पत्रकार चौधरिले यस्तो बताएका छन् ।

केहिसमय पहिले जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तीजनक रिपोर्ट बजाएको त्यस्को बिरोधमा नेपालका केबल अपरेटरहरुले जीसहितका केही भारतीय च्यानलहरुको प्रसारणमा रोक लगाएका थिए ।

चौधरीले भारतका राधानाथ सिकदरले नेपालको सगरमाथाको उचाई पहिलोपटक नापेकाले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने बताएका थिए ।

त्यसकारण सारा संसारको अगाडी भारतले सगरमाथामाथि दाबी राख्नुपर्ने बताएका छन् ।