सूचना प्रविधि

क्लासिक टेकको ग्राहकलाई रिचार्जमा २० प्रतिशत छुट

२८ पुस, काठमाडौँ । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राही लागि विशेष अफर ल्याएको छ ।
हरेक ग्रहक ले २८१६ देखिन ४१३० क्यास डिस्काउन्ट र २ महिन बोनुस् सम पाहुने छन्। कम्पनीले
यो अफर अनलाईन मार्फत रिचार्ज गर्नेहरुका लागि उपलब्ध गराएको हो ।
कोरोना (कोभिड १९)भाइरसका कारण ग्राहकहरुकै सुरक्षालाई ध्यानदिँदै यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ । उत्कृष्ट तथा गुणस्तरिय सेवाप्रवाह गरिहेको कम्पनीले अहिले विभिन्न किसीमका रिचार्ज सुविधामा‘महा छुट अफर’दिएको छ ।
सहज र उत्कृष्ट सेवा प्रवाहगर्दै ग्राहकहरुको मन जित्न सफलकम्पनीले ग्राहकहरुको फाइदा सुविधाका लागि
विभिन्न समयमा छुट तथा बोनस अफर ल्याउने गर्दछ । यस्तो उत्कृष्ट प्याकेजमा अफरहरुले ग्राहकहरुलाई थप आर्थिक लाभ मिल्ने छ ।
ग्राहकले एक वर्षको शुल्क एकमुष्ट अनलाईन मार्फत भुक्तानी गर्दा जम्मा रकमको २० प्रतिशत छुट (डिस्काउन्ट) पाउँछन् भने, २ महिनाको प्लस बोनस सेवा उपलब्ध हुनेछ । त्यस्तैगरी ६ महिनाको रिचार्ज शुल्कभुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत डिस्काउन्ट पाउनुका साथै १ महिनाको बोनस सेवा उपलब्ध छ । यो भनेको ग्राहकले ६ महिनाको शुल्क तिर्दा थप एक महिना सेवा उपलब्ध हुनु हो । तीनमहिनाको प्याकेजमा रिचार्ज गर्दा ग्राहकले १० प्रतिशत डिस्काउन्ट पाउनेछन् । १ महिनाको रिचार्ज गर्दा ५ प्रतिशत क्यास डिस्काउन्ट दिएको छ।
कम्पनीका अनुसार ग्राहकले जुनसुकै रिचार्ज गर्दा पनिआई पि टिभी एच डि (ज्म्) तथा एस डि च्यानल उपलब्ध गराएको छ । ‘ल्यागफ्रि गेमिङ’, ‘भिडिओ स्ट्रिङमिङ’एकदमै राम्रो उत्कृष्ट रहेको क्लासिक टेकको सेवामा देशका प्रमुख शहरहरुमा सजिलै उपलब्ध छ ।

त्यस्तै, ग्राहकहरुले साधरण शुल्कमा आफ्नो राउटर एक्सचेन्ज पनि गर्न सक्नेछन् । कसैलाई सेवा रिफर गरे कम्पनीले सेवामा थपबोनस उपलब्ध गरेको छ । जहाँ एक वर्षको योजनामा तपाईले २ महिना निशुल्क बोनस पाइने छ भने ६ महिनाको योजनामा १ महिना थप सेवा बोनस हुनेछ ।
त्यस्तै, कम्तिमा ३ महिनाको सेवा लिएको भए तपाईले १५ दिनको बोनस पाउने छ । यो विशेष अफर नछुटाउन कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय अधिकारीले ग्रहकहरुलाई अनुरोध समेत
गरेका छन् ।