राजनीति

ओलीभन्दा माधव हजार गुणा इमान्दार, हजार गुणा पारदर्शीः अध्यक्ष दहाल

२८ पौष, काठमाडौं । नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दहालले ‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासनको पक्षधर’ भएकाे बताएका छन् । अध्यक्ष दहालले केपी ओलीको उद्देश्य इमान्दारिताको रहेनछ । नाङ्गै हुने छलछामको तरिका अपनाउने रहेछ भन्दै प्रधानमन्त्रीको खरो रुपमा बिरोध गरेका छन् ।
उनले म माधवको पक्षमा गएकै हो । त्यसो भनेर के बिग्रन्छ ? माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमा । एकता गरेको हो नि हामीले, ओर्जिनल सहमति हो भन्दै नेकपा एमाले र माओबादीबीचको एकीकरण कसैले बिगारेर नबिग्रने दाबी गरे । अध्यक्ष दहालले नेकपा एमाले र माओबादी केन्द्रको एकीकरणका लागि बामदेब गौतमको भूमिका उल्लेखनीय रहेको तर्क गर्दै बामदेब गौतमले नै भनेपनि केपी ओली जाली भएको आफूलाई लागेको उनले तर्क गरेका छन् । पोखरामा आयोजीत प्रदेश स्तरीय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष दहालले केपी ओली जाली भएको पुष्टी भएको बताए ।