मनोरञ्जन

कोरोनाका कारण चैत्र ११ गतेदेखी बन्द सिनेमा हल खोल्न दिने सरकारको निर्णय

२७ पुष,काठमाडौं । सरकारले कोरोना संक्रमणका कारण बन्द रहेका सिनेमा हल खोल्न दिने निर्णय गरेको छ । आईतबार बसेको मन्त्रीपरिषद बैठकले गत चैत्र ११ गतेदेखी बन्द रहेका हल खोल्न दिने निर्णय गरेको सञ्चारमन्त्री पर्वत गुरुङले जानकारी दिएका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खुल्ला गर्ने निर्णय भएको हो ।

मुलुकमा कोरोना महामारी फैलिएपछि नेपाल सरकारले गत चैत्र ११ गतेदेखी सिनेमा हलहरु बन्द गर्न निर्देशन दिएको थियो । यद्यपी लकडाउ खोल्नुका साथै सबै क्षेत्रमा लचकता अपनाएको सरकारले सिनेमा हल भने खोल्न अनुमती दिएको थिए । बढि भिडभाड हुने बिद्यालय, सिनेमा हल लगाएत खोल्न सरकारले अनुमती दिएको थिएन ।

सरकारसंग चलचित्रकर्मीहरुले बारम्बार सिनेमा भवन खोल्ने अनुमती दिनका लागि अनुरोध गरेपनि अनुमती नपाएपछि पौष १० गतेबाट प्रदर्शकहरुले एकतर्फी रुपमा हल खोलेका थिए । यस्तै एमसिसिले केहिदिन अघि स्वास्थ्य मापदण्ड अपनाएर हल खोल्न दिन सरकारलाई आग्रह गरेको थियो ।