प्रदेश 2

अपरिचित समूहद्वारा पिकअप भ्यानमा आगजनी

२७ मङसिर, राजविराज / सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगमा आज बिहान एउटा पिकअप भ्यानमा आगजनी गरिएको छ । स्थानीय बेचन मुखियाको पिकअप भ्यानमा बिहान अपरिचित व्यक्तिको एक समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आफ्ने घर अगाडि राखिएको स १ च १७२५ नं को भ्यानमा आगजनी गर्दा अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।
बिहान करिब १ः०० बजेतिर घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा परालमा पेट्रोल छर्केर आगजनी गरेको पीडित मुखियाले बताए । सो आगलागीबाट झण्डै रु २४ लाख भन्दा बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । पिकअपमा आगजनी व्यक्तिगत रिसिइबिका कारण गरेको हुनसक्ने अनुमान गरिएको छ । घटनामा संलग्नको खोजी र घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।